बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वत प्रशासन बन्यो सर्वोत्कृष्ट कार्यालय

पर्वत प्रशासन बन्यो सर्वोत्कृष्ट कार्यालय


  • ढाेरपाटन संवाददाता
  • असोज ३१ २०८२, शुक्रबार

पर्वत/  गृह मन्त्रालयको कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वत नेपालमै सर्वोत्कृष्ट बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मुल्यांकनमा सबैभन्दा बढी ९५ दशमलव ७१ अंक प्राप्त गरी पर्वत प्रशासन उत्कृष्ट बनेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

प्रजिअ घिमिरेका अनुसार उक्त आवको पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रोमा १९ दशमवल २५, तेस्रोमा १७ दशमलव ८७ र अन्तिम त्रैमासिकमा २९ दशमलव ५२ अंक जिल्लाले पाएको थियो । घिमिरे ७ महिना अघिमात्र पर्वतमा सरुवा भइ आएका थिए ।

गृह सचिवसंग सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले वर्षेनी कार्य सम्पादन सम्झौता गर्छन । विशेष गरी शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सुुशासन, सेवाप्रवाह, लागु औषध नियन्त्रणलगायत जनउत्तरदायित्व र प्रशासनिक कार्यशैलीलगायत विषयमा सम्झौता हुने गर्छ । यिनै विषय र गृह मन्त्रालयले तोकेका अन्य मापदण्डको कार्यसम्पादनको नतीजाका आधारमा जिल्लाहरुको मुल्यांकन हुने गर्छ ।

‘कार्यालयले नागरिकसंगको सेवा प्रवाहमा पारदर्शिता, समयमै सेवा प्रवाह, दक्ष जनशक्तिको परिचालन र प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएका छौ’, प्रजिअ घिमिरेले भने, ‘यो उपलब्धी सबै कर्मचारी टोली र सरोकारवालाको सहकार्यको परिणाम हो ।’ उपलब्धीले अझै प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने हौसला मिलेको उनले बताए ।

उक्त आवमा कार्य सम्पादन मुल्यांकनमा भक्तपुर दोस्रो, नुवाकोट तेस्रो, मनाङ चौथो स्थानमा छन् । सबैभन्दा कम अंक पाएर पाँचथर अन्तिममा परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->