बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जेन–जी पुस्ताले तिहारको मौलिकता नबिगारोस्, शुभकामना !

जेन–जी पुस्ताले तिहारको मौलिकता नबिगारोस्, शुभकामना !

भ्रष्टाचार र कुशासनको खिलापमा रहेको यो पुस्ताले संस्कृति संरक्षणमा पनि उत्तिकै ध्यान पु¥याओस् । देश भनेको भूगोलमात्र हैन, मौलिक संस्कृति र परम्परा पनि हो भन्ने बुझोस् र तिहारजस्ता नेपाली मौलिक पर्वको नाममा विकृति भित्र्याउने मतियार नबनोस् ।


  • Dhorpatan News
  • कार्तिक ६ २०८२, बिहिबार

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीया तिथिसम्मको ५ दिनलाई यमपञ्चक÷तिहार भनिन्छ । यी ५ दिन कालका देव यमराज आफ्नी बहिनी यमुनाको घरमा बस्छन् भन्ने पौराणिक मान्यता रहेको छ । यी ५ दिनमा काग,कुकर,गाई,गोरु÷गोवर्धन र भाइको पूजा गरिन्छ । यो प्रचलन पनि यमुनाले दाइ यमराजलाई आफ्नो घरमै राख्नका लागि गरेका कृत्यहरुसँग जोडिन्छ । मृत्यु भयकारी हुन्छ नै । यमराज मृत्युका देवता हुन् । बेफुर्सदिला यमराजलाई बहिनीले दिएको प्रेमको गाथा भन्ने तिहारले मृत्युवोधमात्र गराउँदैन, चराचर जगतमा रहेका र पशुपंक्षीसँगको मान्छेको सम्बन्ध पनि उजागर गराउँछ । तिहारलाई अध्याँरो अर्थात् मृत्युको बोध गराउँदै त्यसबाट पनि मुक्ति खोज्ने पर्वको रुपमा पनि अथ्र्याउन सकिन्छ । मान्छेले मृत्युजस्तो साश्वत सत्यलाई अक्सर बिर्सन्छ,एकाङ्की सोच राख्छ सोच्छ अनि चराचर जगतमा रहेका अन्य पंक्षी र प्राणीको अस्तित्वलाई पनि नजरअन्दाज गरिदिन्छ । मान्छेको यही बानीले उसलाई उज्यालो अर्थात् सत्यबाट टाढा पु¥याउँछ । यमपञ्चकमै पर्ने औंशीको रातमा बालिने दीपले मान्छेलाई अध्याँरोबाट उज्यालोतर्फको यात्राको लागि प्रेरित गर्छ । बुद्धले यो आत्मिक यात्रालाई अप्प दीपो भवः को रुपमा अथ्र्याएका छन् । मनभित्र उज्यालोको खोजी गर्दै चराचर जगतमा रहेका पंक्षी र प्राणीको अस्तित्व स्वीकार्दै उनीहरुका गुणहरु ग्रहण गर्दा स्वतः मान्छे सुखी बन्छ । तिहारले दिने आध्यात्मिक सन्देश पनि यही हो ।

तिहारकै छेकोमा यहाँ देउसी–भैलो खेलिन्छ । देउसी र भैलो नेपालको नित्तान्त मौलिक परम्परा हो । यसले नेपालको समृद्ध सांगीतिक विरासत झल्काउँछ । दीपावली भारतमा पनि भव्य रुपले मनाइन्छ । तर, नेपालमा मनाइने तिहारमा आकास–जमिनको फरक छ । तर,पछिल्लो समय तिहार मनाउने यो मौलिकता नासिने हो कि भन्ने चिन्ता बढ्दै गएको छ । देउसी–भैलोको नाममा हिन्दी गीतमा उत्ताउला नृत्य प्रस्तुत गरिँदा, आफूखुसीले दिने दानमा मोलमोलाइ हुँदा र तिहारमा पाक्ने परम्परागत खानेकुराका सट्टा आयातित बस्तुको उपभोगमा रमाउने पुस्ताका कारण चिन्ता बाक्लिएको हो । यतिबेला जे–जी शब्दावली खुबै चर्चित छ । सन् १९९७ देखि २०१२ सम्म जन्मेको यो पुस्ताले भदौको अन्तिम साता अध्याँरो अर्थात् कुशासन र भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनका कारण देशमा नयाँ सरकार निर्माण भएको छ । फागुन २१ गते संघीय संसदको चुनाव तय भएको छ । भ्रष्टाचार र कुशासनको खिलापमा रहेको यो पुस्ताले संस्कृति संरक्षणमा पनि उत्तिकै ध्यान पु¥याओस् । देश भनेको भूगोलमात्र हैन, मौलिक संस्कृति र परम्परा पनि हो भन्ने बुझोस् र तिहारजस्ता नेपाली मौलिक पर्वको नाममा विकृति भित्र्याउने मतियार नबनोस् । नवनेपाल निर्माणको उज्यालो सपना पाल्ने यो पुस्ता ध्वशंभन्दा टाढा रहोस् ! घोषित चुनावको सुनिश्चिताले मात्र उज्यालोतर्फको यात्रा रोकिँदैन भन्ने तथ्यबोध गरोस् ! तिहारको शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->