बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सहकारी ठगलाई कार्वाही गर

सहकारी ठगलाई कार्वाही गर

आर्थिक गतिविधि सुस्त हुँदा समग्र अर्थतन्त्र खुम्चिएको छ । सहकारी ठगहरुलाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता नगर्दासम्म यो अवस्था कायम नै रहने निश्चित छ ।


  • Dhorpatan News
  • कार्तिक २१ २०८२, शुक्रबार

पोखरामा अर्को सहकारी ठगीको घटना सार्वजनिक भएको छ । नयाँबजारमा प्रधान कार्यालय रहेको पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ भने हिनामिनामा संलग्न भएको आरोपमा अध्यक्षसहितका केही व्यक्ति पक्राउ परेका छन् ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार संचालकहरुले विभिन्न काल्पलिक खाताहरू खोली सहकारी र विभिन्न व्यक्तिहरूको रकम अपचलन गरेको, ऋणका नाउँमा रकम निकाली हिनामिना गरेको, सहकारी ऐन कानून विपरीत सहकारीका कोषहरु हिनामिना, सञ्चालक समितिका पदाधिकारीहरुका नाउँमा ऋणीका तर्फबाट सम्पत्ति लगानी गर्दैे ऋण हिनामिना भएको छ ।

पोखरामा सूर्यदर्शन, प्राइम, विन्ध्ववासिनी, मित्रमिलन, इमेज, बलिदानी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएर अनुसन्धानकै प्रक्रियामा जारी रहेका बेला पोखरा सहकारीको रकम अपचलन प्रकरण सार्वजनिक भएको हो । अन्य केही सहकारी पनि समस्याग्रस्त रहेको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

पोखरा सहकारीको रकम अपचलनको केन्द्रको रुपमा चर्चित बनेको छ । बचतकर्ताले खाइनखाइ जम्मा गरेको रकम अपचलन हुँदा पनि पीडकहरुलाई कडा कारवाही गर्ने, बचतकर्ताको रकम फिर्ता गर्ने काममा ढिलाइ भइरहेको छ । इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले आफ्नो नाममा रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने अभियान चलाएका थिए । तर,नेपालीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै बचत फिर्ताको प्रक्रियामा अवरोध पुगेको पीडितहरुले जानकारी दिएका छन् । सहकारी ठगी प्रकरणको प्रत्यक्ष असर आर्थिक क्रियाकलापमा परेको छ । आर्थिक गतिविधि सुस्त हुँदा समग्र अर्थतन्त्र खुम्चिएको छ । सहकारी ठगहरुलाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता नगर्दासम्म यो अवस्था कायम नै रहने निश्चित छ । अर्कोतर्फ, ठगहरुमाथि कारवाही नहुँदा दण्डहीनता बढेको छ । राज्य नै छैन कि भन्ने अनुभूति हुन थालेको छ । अतः सहकारी ठगी प्रकरणको छिटो निरुपण जरुरी देखिएको छ । जेन–जी आन्दोलनको बलमा निर्मित सुशीला कार्की नेतृत्वको सरकारले सुशासनको प्रत्याभूति गराउने प्रतिवद्धता व्यक्त गरेको छ । सरकारले भ्रष्टाचारको विरुद्धमा विभिन्न कार्यहरु गरिरहेको प्रधानमन्त्री कार्कीले बताएकी छन् । उनले ठूलो समस्याको रुपमा देखिएको सहकारी ठगीलाई रोक्ने र ठगहरुलाई कानूनी दायरामा ल्याउने पनि बताएकी छन् । प्रधानमन्त्रीको भनाइ सक्दो छिटो कार्यान्वयनमा आउनुपर्छ । ठगहरुलाई कारवाही र बचतकर्ताको रकम फिर्ता गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->