बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चुनावको लागि नागरिक दवाब

चुनावको लागि नागरिक दवाब

जेन–जीहरुलाई आन्दोलन नागरिकप्रति अनुत्तरदायी राज्यसत्ता, बढ्दो कुशासन र नीतिगत भ्रष्टाचार, आफन्तवादविरुद्ध थियो भन्ने पुष्टि गर्नका निम्ति चुनावमा होमिन आग्रह गरोस् । राजनीतिक दलहरुलाई चुनावले मात्र संविधानले सही दिशा लिन्छ भन्ने वोध गराउन सकोस् ।


  • Dhorpatan News
  • कार्तिक ३० २०८२, आइतबार

जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक अवस्था तरल बनेको छ । आन्दोलनको दोस्रो दिन भएको हिंसा, लुटपाट र आगजनीबाट समाज बिस्तारै उठ्न खोजेको छ । जेन–जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा गैरदलीय चुनावी सरकार गठन भएको छ । सो सरकारले आउँदा फागुन २१ को लागि चुनावको घोषणामात्र गरेको छैन, शान्ति–सुरक्षा बहाली गराउने प्रयत्न पनि गरिरहेको छ । तर,सुरक्षाकर्मीको मनोबल खस्केको छ । जेलबाट भागेका कैदीबन्दी अझै जेल बाहिरै छन् ।जसले गर्दा नागरिकले आफूलाई अझै सुरक्षित महसुस गर्न सकेका छैनन् । पुराना राजनीतिक दलहरुले वर्तमान सरकारको सुरक्षा प्रबन्धमाथि प्रश्न उठाउँदै चुनाव शान्तिपूर्ण रुपले सम्पन्न हुनेमा शंका व्यक्त गरिरहेका छन् । चुनावमा भाग लिनको लागि नयाँ दलहरु दर्ता भइरहँदा जनाधार भएका पुराना दलहरुको अलमलले कतै चुनाव नै नहुने त हैन भन्ने आशंकालाई बल पुगेको छ ।

दलहरुको अलमल, जेन–जीको नाममा गठित विभिन्न समूहहरुकमो अभिव्यक्तिका कारण अहिले अतिवादीहरुबाट जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुन्छ कि भन्ने आर्शका उत्पन्न पनि भएको छ । देशमा धार्मिक र जातीय अतिवादको खतरा बढेको छ । यो वा त्यो नाममा निस्कने विरोध प्रदर्शनहरुमा धार्मिक संघ÷संस्थाहरु अग्रस्थानमा देखिन थालेका छन् । संघीयता मन नपराउनेहरुले अहिले विभिन्न माग अगाडि सार्न खोजेको देखिएको छ । विषमताले गाँज्दै गएपछि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु पनि सल्बलाउन थालेका छन् । अराजकता र उदण्डता बढ्दा देश नै दीर्घकालीन द्वन्द्वमा फस्ने हो कि भन्ने चिन्ता बढेको छ । यो अवस्थाबाट पार पाउन एकपटक नागरिक समाजले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।

नागरिक समाज सवैभन्दा बलियो शक्ति हो भन्ने कुरा बुझ्न हामीले २०६२/०६३ को आन्दोलनलाई सम्झनुपर्ने हुन्छ । राजाले शासनसत्ता हातमा लिएको बेला राजनीतिक दलहरु निरीहजस्तै थिए । तत्कालीन विद्रोही माओवादी र निरंकुशताको चाहले निर्देशित राजाबाट पेलिएका दलहरुले जनविश्वास गुमाएका थिए । उनीहरु राजाको कदमको विरोध त गर्थे तर नागरिकको सहभागिता हुँदैनथ्यो । त्यस्तोमा नागरिक समाजले दलहरुलाई पुराना गल्तीहरुको प्रायश्चित गर्न लगायो । गल्ती नदो¥याउनेृ सर्तमा दलहरुको एजेण्डालाई नागरिकले साथ दिए । आन्दोलनले गति लियो । निरंकुशता पाखा लाग्यो । नागरिक समाजले सत्ताको बागडोर राजनीतिक दलहरुलाई सुम्पियो । सुशासन र स्थायित्व अनि समृद्धिको लागि काम गर्न आग्रह ग¥यो ।

अहिलेको अवस्था डरलाग्दो छ । त्यसैले नागरिक समाज अमूक राजनीतिक दल वा समूहको पक्षधरता लिएर हैन, चुनावको पक्षमा सडकमा ओर्लनुपर्ने आवश्यकता देखिएको छ । नागरिक हस्तक्षेपले मात्र अहिलेको अराजकता र बेथितिलाई नियन्त्रणमा लिँदै जनतामा चुलिएको निराशालाई मत्थर पार्न सक्छ । संकटको बेला नागरिक समाजले यो जिम्मेवारी ग्रहण गरोस्, सन्निकट खतराबाट देशलाई जोगाओस् ! चुनावी वातावरण निर्माण होस् । जेन–जीहरुलाई आन्दोलन नागरिकप्रति अनुत्तरदायी राज्यसत्ता, बढ्दो कुशासन र नीतिगत भ्रष्टाचार, आफन्तवादविरुद्ध थियो भन्ने पुष्टि गर्नका निम्ति चुनावमा होमिन आग्रह गरोस् । राजनीतिक दलहरुलाई चुनावले मात्र संविधानले सही दिशा लिन्छ भन्ने वोध गराउन सकोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->