बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जेन–जीहरु ! अग्रगमन रोज

जेन–जीहरु ! अग्रगमन रोज

पुराना दलहरुको हकमा सत्ताबाट हटाइएको रिस छ,उनीहरु पुरानै अवस्थामा फर्कन चाहनु अस्वभाविक हैन तर नयाँ भनाउँदा युवाहरु नै पश्चगमनको मतियार बनेपछि स्थिति के होला ? यसतर्फ नवयुवाहरुले विचार गर्नुपर्छ ।


  • Dhorpatan News
  • पुष ८ २०८२, मंगलबार

सुुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले १ सय दिन पूरा गरेको छ । स्थिति सामान्य हुन्थ्यो भने यो सरकारले यतिका दिनमा के ग¥यो भन्ने कुराको समीक्षा हुन्थ्यो । गति र मतिको विश्लेषण गरिन्थ्यो । तर, यो असामान्य अवस्थामा निर्माण भएको सरकार हो । राष्ट्रपति रामचन्द्र पौडेलले ‘बडो जुक्ति’ले संविधानलाई जीवित राख्न निर्माणको पहलकदमीबाट जन्मेको यो सरकारको मुख्य कार्यभार आउँदो फागुन २१ गते चुनाव गराउने हो । बाँकी तपसिलका विषय हुन् । तर, दिन घर्कँदो छ । चुनाव होला र भन्ने आशंकाको बादल घना हुन थालेको छ । प्रमुख राजनीतिक दलहरु संसद पुनस्र्थापनाको मागसहित सर्वोच्च्च पुगेका छन् । केही दलहरु चुनावको विकल्प नभएको भन्दै सडक तताइरहेका छन् तर ती दलहरु पनि चुनावकै निम्ति तयार भएजस्तो छाँट छैन । सरकार भने चुनाव गराउन प्रतिवद्ध रहेको र तयारी अगाडि बढेको एकोहोरो रटान लगाइरहेको छ ।

जेन–जीको नाममा भएको सडक प्रदर्शन र अराजक अभिव्यक्तिले चुनाव होला र ? भन्ने प्रश्न जनमनमा गाढा हुन पुगेको छ । आफूलाई जेन–जीको वास्तविक प्रतिनिधि बताउनेहरु नै यो सरकारविरुद्ध लाग्दा सरकार अलमलमा परेजस्तो देखिएको छ । एकातिर दलहरु भदौ २३ को र २४ को घटना पृथक भएको बताउँदै आएका छन् । जेन–जीको नाममा भएको ध्वंशमा संलग्नहरु अपराधी नै भएको जिकिर गरिरहेका छन् । त्यस्ता तत्वले अरुको उक्साहटमा गरेको आन्दोलन एवं त्यसको जगमा उभिएको सरकार पनि वैधानिक नभएकाले संसद पुनःस्थापनाको वकालत गरिएका छन् । यता, त्यही प्रदर्शनको नेतृत्वकर्ताको दाबी गर्ने जेन–जीहरु पनि यो सरकारसँग खुस छैनन् । चुनाव हुन नदिने, यो सरकार बर्खास्त गरी अन्तरिम संसद पुनःस्थापना,संविधान संशोधन र अन्तरिम सरकार गठन गर्नुपर्ने माग गर्दैछन् । अहिले हिजोको सरकारलाई हटाउने जेनजी र हिजोको सरकारमा रहेका दलहरुको मत मिल्दा देशको राजनीतिक कोर्ष पछाडि फर्कने छाँट देखिएको छ । अन्यौलता बढाएको छ । लोकतन्त्रमा चुनाव नै यस्तो हतियार हो जसबाट जनअभिमत प्राप्त हुन्छ । जनअभिमतबाट बन्ने सरकारले गरेका निर्णयहरुले स्वतः वैधानिकता प्राप्त गर्छन् । त्यसैले चुनावलाई सबैले स्वागत गर्नुपर्छ । पुराना दलहरुको हकमा सत्ताबाट हटाइएको रिस छ,उनीहरु पुरानै अवस्थामा फर्कन चाहनु अस्वभाविक हैन तर नयाँ भनाउँदा युवाहरु नै पश्चगमनको मतियार बनेपछि स्थिति के होला ? यसतर्फ नवयुवाहरुले विचार गर्नुपर्छ । देशलाई बर्वादीतर्फ धकेल्ने पश्चगमनको यात्राको रटान हैन कि चुनावी वातावरण निर्माणमा ध्यान केन्द्र्रित गर्नुपर्छ । चुनाव बिथोल्ने शक्तिहरु अराजक हुन्,त्यस्तालाई जेन–जीको नाममा छुट दिइनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->