बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा माओवादीका पूर्व अध्यक्ष र एमाले नेतृ कांग्रेस प्रवेश

मुस्ताङमा माओवादीका पूर्व अध्यक्ष र एमाले नेतृ कांग्रेस प्रवेश


  • ढाेरपाटन संवाददाता
  • माघ २१ २०८२, बुधबार

मुस्ताङ/ मुस्ताङमा साविक नेकपा माओवादी केन्द्रमा पूर्व अध्यक्ष गणेश थकालीसहितका नेताहरू बुधबार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

माओवादीका पूर्व अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष थकालीसँगै नेकपा एमाले मुस्ताङकी जिल्ला सदस्य प्रतिभा गुरुङ र ताक्लुङका नेता चन्द्र विक कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेस मुस्ताङका सभापति एवं पूर्वमन्त्री रोमी गौचन थकालीले पार्टीमा स्वागत गरे । गौचनले प्रजातान्त्रिक मूल्य मान्यता, समावेशी राजनीति र जनताको सेवामा विश्वास गर्नेहरूको आगमनले पार्टीलाई मुस्ताङमा अझ सशक्त बनाउने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->