बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्रिकेट टोलीलाई शुभकामना

क्रिकेट टोलीलाई शुभकामना

एउटा टिम बलियो बन्नका निम्ति चाहिने यी तीन कुरा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दामात्र प्राप्त हुन्छ । खेलाडीलाई निखार्नका निम्ति प्रशिक्षणसँगै उनीहरुलाई बलियो राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर जुटाइदिने काम पनि क्यानले नै गर्नुपर्छ ।


  • Dhorpatan News
  • माघ २५ २०८२, आइतबार

आज क्रिकेटको राष्ट्रिय टोली २०– २० विश्वकपअन्तर्गत भारतको वाङ्खेडे रंगशालामा इङ्ल्याण्डविरुद्ध मैदामा उत्रने छ । एसोसियट राष्ट्रको तर्फबाट टी–२० विश्वकपमा ठाउँ बनाएको नेपालले एउटा सुनौलो इतिहास बनाइसकेको छ । कामना गरौँ– क्रिकेटको जननी इङ्ल्याण्डविरुद्ध नेपालले अर्को इतिहास रचोस् !

सीमित स्रोत र साधनका बाबजुद नेपाली राष्ट्रिय टोलीले जुन प्रदर्शन गरेको छ,त्यो आफैमा अद्भूत उपलब्धि हो । राष्ट्रिय टोलीमा सिंगो भूगोल र जातजातिको प्रतिनिधित्व रहनु नेपाली क्रिकेट टोलीको अर्को सुन्दर पक्ष हो । राजनीतिक रुपले विभक्त समाजलाई क्रिकेटले जोडेको छ । हो,खेलले राष्ट्रलाई जोड्ने सामथ्र्य राख्छ ।

देशमा चरम निराशा छ । त्यो निराशा गएको भदौ २३ र २४ मा विद्रोहको रुपमा सडकमा आइसकेको छ । विश्वकपमा नेपालको सहभागिताले चाहिँ कम्तिमा तत्कालको लागि नेपालीलाई खुसी पस्केको छ । यो खुसीलाई कायम राख्नको लागि राज्यले लोकप्रिय बन्दै गएको क्रिक्रेटलाई मधेशदेखि हिमालसम्म फैलाउनुपर्छ । विद्यालयस्तरदेखि नै नयाँ खेलाडी उत्पादन गर्ने कार्यक्रम ल्याउनु पर्छ । पछिल्लो समय नेपाल क्रिकेट संघ( क्यान) ले ठूलो धनराशीको लिग प्रतियोगिता आयोजना गर्दै खेलेरै बाँच्न सकिन्छ भन्ने सन्देश प्रवाह गरिरहेको छ । केही राम्रा क्रिकेटरहरुले खेलबाटै जीवन धानेका पनि छन् । तर, त्यतिले मात्र पुग्दैन, खेलको साँच्चिकै विकास गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने हो भने तल्लो तहमा लगानी बिस्तार गर्नैपर्छ । विश्वकप खेल्नु चानचुने कुरा हैन । खेलमा कौशल र धैर्यता अनि रणनीति महत्वपूर्ण हुन्छ । एउटा टिम बलियो बन्नका निम्ति चाहिने यी तीन कुरा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दामात्र प्राप्त हुन्छ । खेलाडीलाई निखार्नका निम्ति प्रशिक्षणसँगै उनीहरुलाई बलियो राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर जुटाइदिने काम पनि क्यानले नै गर्नुपर्छ । अहिले जे भइरहेको छ, निराश हुनुपर्ने अवस्था छैन तर विश्वपक खेलिरहँदा अर्को विश्वकप, एसिया कपदेखि ५० ओभर अनि टेष्ट क्रिक्रेटमा पनि महारथ हासिल गराउने मार्ग समात्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->