बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फागु/होलीको शुभकामना

फागु/होलीको शुभकामना

मध्यपूर्व अशान्त भएको यो बेला हामीकहाँ चाहिँ चुनावी माहौलबीच होली आएको छ । चुनावी माहौलबीच आएको यो होलीले दलहरुलाई मित्रवत् हुन सिकाओस् । अरुको अनुहारमा पनि हाँसो ल्याउने वातावरण बनाओस् । रिस–राग हैन, प्रेम बाँड्न उत्प्रेरित गरोस् ।


  • Dhorpatan News
  • फाल्गुन १८ २०८२, सोमबार

रंगहरुको पर्व हो, फागु पूर्णिमा अर्थात् होली । होली पहाड,हिमाल र तराई सबैतिर मनाइन्छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायाँमा रंगहरु खेल्नु होलीको मौलिक चरित्र हो । होलीसँग विभिन्न कथा र पूरककथा जोडिएका छन् । तराइ,पहाड र हिमाली क्षेत्रमा फरक शैलीमा होली मनाइन्छ । काठमाडांैको वसन्तपुरमा चीर ठड्याएपछि होलीपर्वको औपचारिक सुरुवात हुन्छ भने मिथिलाञ्चलमा अर्कै परम्परा रहेको छ । होलीमा लगाइने रंगहरुमध्ये रातो शौभाग्यको सूचक हो भने नीलोले मानवता र धैर्यतालाई दर्शाउँछ भने पहेँलो रंग भगवान् श्रीकृष्णको प्रिय रंग हो ।

होलीलाई आत्मियता साँटने पर्वको रुपमा पनि लिइन्छ । यो पटकको होली चुनावको मुखमा परेको छ । पहाडमा आज फागु खेलिँदै छ भने तराइमा मंगलबार होली खेलिने छ । हिमाली भेगमा बस्ने थकालीहरुले तोरन्लको रुपमा फागु मनाउँछन् । अहिले होलीले पनि अन्य पर्वले जस्तै राष्ट्रिय स्वरुप लिइसकेको छ । होलीले मौलिकता गुमाएको छ तर व्यापकता पाएको छ । एकआपसमा रंग र टीका लगाएर खेलिने यो पर्वको मौलिकता पछिल्लो दिनमा हराउँदै गएको छ । तराइमा फागुन गीत,जोगीरा, चैतावर र धमारजस्ता मौलिकता बोकेका होलीगीतहरु हराइसकेका छन् ।आधुनिकताको नाममा उच्छृङ्खलता भित्रिएको छ । इच्छाविपरित रंग लगाइदिने, ज्यादति गर्ने अनि मादक पदार्थको सेवन गर्नेजस्ता विकृतिले पर्वको मौलिकता नष्ट गरेको छ । फागुको नाममा गरिने यस्ता गलत कार्यहरुलाई निरुत्साहित गरिनुपर्छ । सांस्कृतिक विचलनले मौलिकता मासिन्छ । मौलिकता मासिँदा सभ्यता मर्छ । विशिष्ठ सांस्कृतिक पर्वहरुलाई जोगाउनतर्फ सबैले ध्यान दिनैपर्छ ।रंगहरुले स्वतन्त्रताको अनुभूति दिलाउँछ । उल्लासमय वातावरणमा स्वतन्त्रताको अनुभूति गर्दा स्वच्छन्दता बर्जित हुन्छ । कसैको इच्छाविपरित रंगहरु दल्नु,विभिन्न रसायन मिसिएका रंगहरु प्रयोग गर्नु स्वास्थ्यको दृष्टिले पनि राम्रो हुँदैन । रसायन मिसिएका रंगहरुलाई पूर्णत बन्देज लगाइनुपर्छ ।

मध्यपूर्व अशान्त भएको यो बेला हामीकहाँ चाहिँ चुनावी माहौलबीच होली आएको छ । चुनावी माहौलबीच आएको यो होलीले दलहरुलाई मित्रवत् हुन सिकाओस् । अरुको अनुहारमा पनि हाँसो ल्याउने वातावरण बनाओस् । रिस–राग हैन, प्रेम बाँड्न उत्प्रेरित गरोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->