बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशमै रोजगारी

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशमै रोजगारी

हिजो नेपालीहरुले आफ्नै श्रममा लागेर आत्मनिर्भर अर्थतन्त्र बनाएका थिए । अहिले परनिर्भर बन्नुपरेको अवस्था छ । आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशमै युवा अडिएर काम गर्ने वातावरण दलहरुले ल्याएका घोषणपत्रलाई कागजमा सिमित होइन व्यवहारमा परिणत गर्नुपर्छ ।


  • Dhorpatan News
  • फाल्गुन २४ २०८२, आइतबार

देश अहिले प्रतिनिधिसभाको निर्वाचनमय बनेको छ । राजनीतिक दलहरुले आर्कषक चुनावी प्रतिवद्वताहरु सार्वजनिक गरेका छन् । दलहरुले चुनावी प्रतिवद्वता पत्र लिएर जनताको घरदैलोमा पुग्ने परम्परा पुरानै हो । यो पटक राजनीतिक दलबीच आरोप–प्रत्यारोपभन्दा आफ्नो राम्रो पक्ष जनताको घरदैलोमा पुगेर बताउने परम्पराको सुखद शुरुवात भएको छ । घोषणापत्रमा दलहरुले यसपटक परम्परागत एजेण्डासंगै नयाँ विषय पनि समावेश गरेका छन् । युवा पुस्तालाई लक्षित गरेर घोषणापत्र ल्याएको देखिन्छ । त्यो राष्ट्रियदेखि स्थानीय तहमा पनि देखिएको छ । पछिल्लो समयको पुस्ता आइटी क्षेत्रमा बढी आकर्षित छ भन्ने कुरा यो पटकको घोषणापत्रले देखाएको छ । जेनजी आन्दोलन आइटी क्षेत्रको उपयोग गर्न नपाएको कारण एक थियो । देशमा सुशासन नभएको, भ्रष्टाचार बढेको, दलहरुले सोचेजति काम गरेर डेलीभरी दिन नसकेको बिषय पनि जेन्जीले उठाएका थिए । अहिलेको पुस्ता सामाजिक सञ्जाल मात्र होइन, आइटी क्षेत्रमा बढी अभ्यस्त भएको देखिन्छ ।

सबै दलले प्रविधिमैत्री घोषणापत्र ल्याएका छन् । नेपालको इतिहासमा पहिलो पटक धेरै युवा रहेको अवस्था छ । अबको जनसंख्या बुढ्यौलीतिर जाँदैछ । जन्मदर घटेकोले आगामी १५ देखि २० वर्षमा नेपालमा युवा पुस्ता कम हुनेछ । देशलाई सामाजिक सुरक्षा बढी चाहिन्छ । उत्पादन बढाउन सकिंदैन । तसर्थ यतिबेलाको युवालाई अधिकतम उपयोग गरेर स्वदेशी पूजि निर्माण गर्ने बेला हो । जेनजी विद्रोह अघि पनि केही युवा नेताले यो तथ्यांक ल्याएर काम गर्न खोज्थे, ठूला दलका शिर्ष नेताले पत्याएका थिएनन् । जेनजी विद्रोहपछि भने सबैको चेत खुलेपछि दलहरुले प्रतिवद्वता पत्रमा युवा श्रमशक्ति स्वदेशमै राख्ने खालका योजना ल्याएका छन् । जुन युवापुस्ताका लागि सह्रायिन विषय हो ।

युवापुस्तालाई देशमै राखेर उद्यमको विकास, डिजिटल प्रविधिको अधिकतम् उपयोग गरेर स्वदेशी पूजि निर्माण गर्न सकिएन भने नेपालको आर्थिक भविष्य निराशजनक बन्ने निश्चित छ । त्यसतर्फ दलहरुले ढिलै भएपनि सोच्न बाध्य भएका छन् । निर्वाचन पछिको संसदले नयाँ र छरितो कानून बनाउनेदेखि देशलाई डिजिटल विधिबाट विकास गर्ने काममा लाग्नै पर्ने छ । नयाँ संसदमा त्यो बहस हुनेछ र सोही प्रकृतिका काम पनि बन्नुपर्छ । विदेशमा काम गर्न जाने शक्तिलाई यही रोजगारी दिएर युवाहरु फर्कने वातावरण बनेपछि मात्र देश आर्थिक समृद्विको यात्रामा अघि बढ्न सक्छ । दाताहरुले दिएको रकमले विकास र समृद्धि हुने होइन भन्ने कुरा सबै राजनीतिक दलको बुझाई बनेको छ । हिजो नेपालीहरुले आफ्नै श्रममा लागेर आत्मनिर्भर अर्थतन्त्र बनाएका थिए । अहिले परनिर्भर बन्नुपरेको अवस्था छ । आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशमै युवा अडिएर काम गर्ने वातावरण दलहरुले ल्याएका घोषणपत्रलाई कागजमा सिमित होइन व्यवहारमा परिणत गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->