मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विश्वकप फुटबल र नेपालको नियती

विश्वकप फुटबल र नेपालको नियती

राज्यले जबसम्म खेललाई प्राथमिकतामा राख्दैन, खेलमा लाग्नेहरुले आफ्नो भविष्य सुनिश्चित भएको अनुभूति नगर्दासम्म विश्वकप हाम्रो लागि मृगपरिचिका बनिरहने छ । फुटबलको महान पर्व सकिँदै गर्दा राज्यले यतातर्फ ध्यान देओस् ।


  • Dhorpatan News
  • साउन ४ २०८३, सोमबार

४८ राष्ट्र, १६ समूह र १०४ वटा खेल । अर्बौँको व्यापार । खेलकौशल अनि युद्धमैदानको जस्तो प्रतिस्पर्धा । विवाद, नयाँ रेकर्ड । विश्वकप फुटबलको समापनसम्म आइपुग्दा मैदानमा प्रत्यक्ष साक्षी बन्नेहरु विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण हेर्ने दर्शकले ती दृष्यहरु नजिकबाट नियाले । विश्वकप फुटबलको उपाधि स्वभाविक रुपले एउटा टिमको पोल्टामा गइसकेको छ । फुटबल खेलमा शक्ति अनि बुद्धिको मिश्रण हुन्छ । खुट्टामा जादु तथा दिमागमा छरितोपन हुनेहरु फुटबलका स्टार बन्छन् । यो विश्वपकपले पनि केही त्यस्ता स्टारहरु जन्माएको छ । स्थापित स्टारहरुले पनि यो विश्वकपमार्फत् आफ्नो नाममा नयाँ इतिहास लेखाएका छन् । यो विश्वकपमा केही राष्ट्रहरुले अ अद्भूत प्रदर्शन गरे । केप भर्डेजस्तो सानो भूगोल र जनसंख्या भएको देशले फुटबलमा जसरी आफूलाई अब्बल भएको प्रमाणित ग¥यो,त्यसको चर्चा लामो समयसम्म सेलाउने छैन । एसियाली राष्ट्रहरुको सन्तोषजनक प्रदर्शन, चीन र भारतजस्ता ठूलो जनसंख्या भएका देशहरुको अनुपस्थितिको पनि समीक्षा हुने नै छ । फुटबललाई मानवीय त्रुटिसहितको खेल बनाउने कि प्रविधि घुसाउने भन्ने विषय यसअघि नै बहसमा आइसकेको हो । रेफ्रीहरुबाट भएका केही विवादास्पद निर्णय तथा फुटबलमा प्रविधिको प्रयोगबारे व्यापक बहस निम्तिएको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आउँदो संस्करणसम्म यी विषयको निरुपण गर्ला ।

सामान्य आँखाले हेर्दा विश्वकप फुटबलको प्रतिस्पर्धामात्रै हो । तर,विश्वकप त्यतिमात्र पनि हैन । मैदानमा देखिएका कटुतालाई पर राखेर हेर्दा यो प्रतिस्पर्धा भनेको देशको प्रतिष्ठासँग पनि जोडिएको हुन्छ । त्यसलै फुटबलकै निम्ति विभिन्न राष्ट्रहरुले अर्बौं रुपैयाँ लगानी गरेका छन् । नयाँ खेलाडी उत्पादनका निम्ति तल्लो तहदेखि नै प्रशिक्षणको व्यवस्था,वर्षैभर प्रतियोगिताको आयोजना गरिरहेका छन् । अनि पो,ती राष्ट्रहरुले खेलमार्फत् आफूलाई विश्वशक्तिको रुपमा उभ्याएकोमा कुनै द्विविधा छैन । समग्रमा फुटबल वा अन्य खेल राष्ट्रलाई जोड्ने कडी बन्न सक्छ,देशको शिर उँचो बनाउने साधन बन्नसक्छ अनि देशको अर्थतन्त्रलाई पनि उत्तिकै टेवा दिने माध्यम हुनसक्छ ।

विश्वकप फुटबलबाट अछुतो नरहेको नेपालमा फुटबलमात्र नभएर अन्य खेलको पनि समुचित विकास हुन सकेको छैन । खेलकुद विकासप्रति राज्यको ध्यान नै छैन । कुनै समय राजनीतिक भर्तीकेन्द्रको रुपमा विकास भएको खेलकुद क्षेत्र यति अस्तव्यस्त छ कि, विश्वकपको मुखैमा अखिल नेपाल फुटलब संघ(एन्फा) निलम्बनमा परेको छ । हामीले निलम्बन बिर्सेर सहरका चोकका पर्दामा फुटबल त हे¥यौँ । तर, के यही पाराले हामी विश्व मञ्चमा खेलको माध्यमबाट स्थापित हुन सक्छौँ त ? यस्तै हो भने त्यो असम्भव छ । राज्यले जबसम्म खेललाई प्राथमिकतामा राख्दैन, खेलमा लाग्नेहरुले आफ्नो भविष्य सुनिश्चित भएको अनुभूति नगर्दासम्म विश्वकप हाम्रो लागि मृगपरिचिका बनिरहने छ । फुटबलको महान पर्व सकिँदै गर्दा राज्यले यतातर्फ ध्यान देओस् । फुटबल हेरेर आँखा रातो भएका विभागीय मन्त्रीले आजैबाट खेलको विकासका निम्ति सोचून् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->