बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रास्वपाको बागलुङ समिति बदर

रास्वपाको बागलुङ समिति बदर


  • ढाेरपाटन संवाददाता
  • साउन ४ २०८३, सोमबार

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को बागलुङ जिल्ला कार्यसमिति जिल्ला अधिवेशन कार्यविधिमा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ ।

अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको परीक्षण र अध्ययन गरी तोकिको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालेको हो ।

बागलुङ जिल्ला अधिवशेन कार्यविधिअनुरुप पुनः सम्पन्न गर्ने, नयाँ जिल्ला अधिवशेनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय सात दिनभित्र सार्वजनिक गर्ने निर्णय गरेको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

बागलुङको गलकोटमा भएको जिल्ला अधिवेशनमा घोषणा गरिएको जिल्ला कार्यसमितिको नेतृत्वलाई केन्द्रले मान्यता नदिएको हो । गत जेठ २३ गते गलकोटमा भएको प्रथम जिल्ला अधिवेशनबाट पुनम प्रसाद शर्माको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा भएपछि अध्यक्षका आकांक्षी ढालेन्द्र रायमाझी पक्षले विरोध जनाएका थिए । केन्द्रमा उजुरी परेपछि स्थगनको सूचिमा बागलुङ परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->