मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सुनसरी घटना पुनः नदोहोरियोस्

सुनसरी घटना पुनः नदोहोरियोस्

झगडाको बीउ कसरी रोपियो भन्नेतिर नजाऔँ । बरु,सामान्य घटनामा पनि अत्यधिक बल प्रयोग गर्ने सुरक्षा निकायको बानीलाई एकपटक गम्भीरतापूर्वक समीक्षा गरौँ ।


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८३, बिहिबार

सुनसरीको देवानगञ्जमा जे घटित भयो,त्यो बिर्सनलायक छ । दुुई समुदायबीचको तिक्ततापछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिनका लागि भन्दै सुरक्षा संयन्त्रले बल प्रयोग गर्दा एकजनाको निधन भयो, कयौं घाइते भए । ज्यान गुमाएका परिवारहरुको आक्रोश स्वभाविक थियो तर साम्प्रदायिक बेमेलका कारण सिर्जित परिस्थिति झन तनावपूर्ण बन्न पुुग्यो । घटनापछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी ग¥यो, सुरक्षा गस्ती बढाइयो तर त्यसले सन्त्रासलाई कम गराएन । साम्प्रदायिक बेमेललाई कम गराउन निकालिएको सद्भाव ¥यालीले पनि स्थिति साम्य भएन ।

संवेदनशील समयमा देशले राजनीतिक सहमति खोजेको हुन्छ भन्ने पनि प्रधानमन्त्रीले ख्याल गरेनन् । बरु, सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यस्तो तदारुकता लिए । तनाव बढ्दै जाँदा मंगलबार राति बल्ल प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत् शान्तिको आह्वान गरे । बुधबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा सर्वदलीय बैठक बस्यो । बैठकपछि सार्वजनिक अपिल जारी गरियो । प्रधानमन्त्रीले दिउसो सुरक्षा प्रमुखहरुसँग सुरक्षा अवस्थाबारे जानकारी लिए । उचित कदम चाल्न तथा सामाजिक सद्भाव खल्बलिन नदिन प्रधानमन्त्रीबाट गरिएको आह्वानले सार्थकता पाओस् । तर, त्यतिबेलासम्म ढिला भइसकेको थियो । घटनालगत्तै प्रधानमन्त्री र गृहमन्त्रीबाट जुन तदारुकता अपेक्षित थियो,त्यस्तो भएन ।

झगडाको बीउ कसरी रोपियो भन्नेतिर नजाऔँ । बरु,सामान्य घटनामा पनि अत्यधिक बल प्रयोग गर्ने सुरक्षा निकायको बानीलाई एकपटक गम्भीरतापूर्वक समीक्षा गरौँ । राज्य सधैँ संयमित हुनुपर्छ । हातमा हतियार छ भन्दैमा परिस्थितिको आकलनबिना गरिने बल प्रयोगले थप तनाव सिर्जना गर्छ । देवानगञ्ज घटनालाई पनि राज्यले त्यही रुपमा बुुझोस् ।आउने दिनमा यस्ताखाले संवेदनशील क्षेत्रमा संयमता अपनाउने गरी सुरक्षाकर्मीलाई दीक्षित गरियोस् । घटनाको छानबिनसँगै पीडितलाई क्षतिपूर्ति दिँदै सामाजिक सद्भाव बिथोल्न खोज्नेको पहिचान र त्यस्तो शक्तिमाथि कारवाही गरियोस् । देवानगञ्ज घटनालाई राजनीतिक स्वार्थको रोटी सेक्ने माध्यम बनाइनु हुँदैन । तर, समाजका केही शक्तिहरु त्यतातर्फ उन्मुख छन् कि भन्ने देखिएको छ । यो गम्भीर प्रवृत्तिमाथि बेलैमा लगाम लगाउनै पर्छ ।

यो देश बहुजातीय र बहुधार्मिक हो । जातीय र धार्मिक द्वन्द्वको विषवृक्ष झांगियो भने यसले देशमा बहुुआयामिक द्वन्द्व सिर्जना गछृ । यसअघि जनकपुर,नेपालगञ्जलगायतका ठाउँमा पनि दुुई समूहबीच यस्ता वैमनश्यता भएकै थियो र अहिले पनि यो घटना सामसुम पार्न सकिन्छ भन्ने सोचियो भने समस्याको दीर्घकालीन समाधान निस्कदैन । अतः राज्य थप जिम्मेवार बनोस् । घटनालाई शूूक्ष्म तवरले विश्लेषण गर्दै स्थिति नियन्त्रणसँगै भविष्यमा यस्ता घटना नघट्ने गरी सामाजिक सद्भाव कायम गर्नका निम्ति प्रभावकारी कदम चालियोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->