मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रधानमन्त्रीले सामूहिकतामा विश्वास गरून्

प्रधानमन्त्रीले सामूहिकतामा विश्वास गरून्

एक्लै हिँड्न हाम्रो व्यवस्थाले दिँदैन । उनले राम्रोका निम्ति एक्लै अगाडि बढ्ने दृढता दोहो¥याएका छन् । सत्यको पक्षमा एक्लै भए पनि उभिनुपर्छ तर त्यसो गर्दा विधि र कानुन मिच्न पाइँदैन ।


  • Dhorpatan News
  • साउन २४ २०८३, आइतबार

प्रधानमन्त्री बालेन्द्र शाह अक्सर रातको समयमा सामाजिक सञ्जालमा आफ्ना भावना पोख्छन् । व्यक्तिको रुपमा उनी त्यसो गर्न स्वतन्त्र छन् । सामाजिक सञ्जालको प्रयोगबाटै सम्पत्ति आर्जन गरेका बालेन २०८२ चैत १३ उप्रान्त व्यक्ति रहेनन्; संस्थामा बदलिएका छन् । देशको कार्यकारी प्रधानमन्त्रीको हैसियतमा शुक्रबार राति र शनिबार बिहान व्यक्त दुई सन्देशले चाहिँ समाजमा तरङ्ग उत्पन्न गराएको छ । प्रधानमन्त्रीले शुक्रबार साँझ सोचेजस्तो काम गर्न नसकेको,अवरोध सिर्जना भएको तर एक्लै अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् ।शनिबार बिहान भने उनले आफ्नो नेतृत्वमा रहेको सरकारले नयाँ काम गरेको जिकिरसहित केही दृष्टान्त प्रस्तुत गरेका छन् । हो; उनको कार्यकालमा केही नवीन थालनी भएका छन् । त्यसको जस लिन खोज्नुलाई स्वभाविक रुपमा लिनुपर्छ ।

शुक्रबार संसदमा वर्तमान सरकारको क्रियाकलाप्रति आफ्नै पार्टीका सांसदहरुले आलोचना गरेका थिए । त्यो आलोचनाले सम्भवतः प्रधानमन्त्री खुसी थिएनन् । कतिपयले रातको अभिव्यक्ति त्यही असन्तुष्टिको प्रतिक्रिया भएको अनुमान लगाएका छन् भने कतिपयले उनी घेराबन्दीमा परेको रुपमा पनि अथ्र्याएका छन् । जे होस्; प्रधानमन्त्रीले आफूले सोचेजस्तो काम गर्न नसकेको तथा जादूको छडीजस्तो क्षणभरमा कुनै पनि काम सम्भव नहुँदो रहेछ भन्ने ब्रह्मज्ञान प्राप्त भएको स्वीकारेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह विद्रोहबाट उदाएका नेता हुन् । काठमाडौं महानगरको मेयर हुँदा विधि र प्रक्रियाभन्दा पनि सुशासनप्रतिको प्रतिवद्धताले उनको लोकप्रियता बढाएको थियो । युवामाझ लोकप्रिय उनलाई जेनजी आन्दोलनले चाहिँ प्रधानमन्त्रीको कुर्सीमा पु¥याएकोमा पनि कुनै दुविधा छैन । विद्रोही हुन र अरुलाई प्रश्न गर्न सजिलो हुन्छ । विद्रोह साम्य पार्न र प्रश्नको सामना गर्न साँच्चै कठिन हुन्छ । हिजोको विद्रोही बालेन अहिले प्रश्नको उत्तर दिने ठाउँमा पुगेका छन् । उनका हरेक आनीबानी र अभिव्यक्तिमा नागरिकले जवाफदेहिता अनिहिजो गरिएका बाचाहरु पूरा होस् भन्ने चाहना पूरा होस् भन्ने चाहेका छन् । तर, बालेन्द्र त्यस्तो भएनन् ।

उनले संसदको सर्वोच्चता स्वीकारेनन् । राष्ट्रपति र संवैधानिक अंगहरूको भूूमिकालाई नजरअन्दाज गरे अनि संसदीय व्यवस्थाभित्रै कार्यकारी प्रधानमन्त्रीको भूमिकामा निभाउन खोजे । उनका ती क्रियाकलाप सर्वथा गलत थिए । एक्लै हिँड्न हाम्रो व्यवस्थाले दिँदैन । उनले राम्रोका निम्ति एक्लै अगाडि बढ्ने दृढता दोहो¥याएका छन् । सत्यको पक्षमा एक्लै भए पनि उभिनुपर्छ तर त्यसो गर्दा विधि र कानुन मिच्न पाइँदैन । यो कुरा प्रधानमन्त्रीले मनन गर्नुपर्छ । संसदीय व्यवस्थामा एक्लै हिँड्ने होइन; संसदीय दलको नेताको रुपमा आफ्नो दलका सांसदको मात्र नभएर सिंगो संसदको मन जित्दै अगाडि बढ्नुपर्छ । यो कृत्यले मात्र लोकतन्त्र बलियो हुन्छ; आँटे–ताकेको काम फत्ते हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->