सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

डेंगीप्रति सचेत बनौं

डेंगीप्रति सचेत बनौं

अझै पनि स्वास्थ्य सचेतना अपनाउन ढीला गरियो भने डेंगीको जोखिम बढ्ने छ बेलैमा सचेत बनौं ।


  • Dhorpatan News
  • भाद्र ८ २०८३, सोमबार

यति बेला बागलुङस्थित धौलागिरि अस्पतालमा उपचार गर्न जाने अधिकांस बिरामीमा डेंगी संक्रमित दखिएको छ । घरघरमा पनि बिरामी धेरै छन् । कतिपयले परीक्षण नगरी बसेका छन् । उनीहरुले सामान्य लक्षणबाटै डेंगी भएको अनुमान लगाएर उपचार गर्ने र आराम गरिरहेका छन् । बर्षात बढीरहेको र पानी जम्ने अवस्था कायम रहेसम्म यो रोगको समस्या पनि रहिरहने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लामा ५ सय ८१ बढी डेंगी संक्रमित पुगेपछि यो स्वास्थ्य चुनौतीको रुपमा देखिएको छ । अस्पतालले उपचार गराउने मात्रहोइन, रोकथामका लागि जनस्वास्थ्यका क्रियाकलाप संचालन गर्ने काम महत्वपुर्ण छ । किनकी आम नागरिकले लापरबाही गरेकै कारण पनि यो संक्रमण फैलिएको पाइन्छ । संक्रमित भएकाहरुले घरभित्रै आराम गरिदिंदा पनि संक्रमण पैmलनबाट जोगिन्छ । किनकी संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेको खण्डमा पनि डेंगी सर्ने गर्छ ।

हरेक बर्षातमा यो सङ्क्रमण फैलिएकै छ । तर, अघिल्लो बर्षको तुलनामा बिरामी बढ्न थालेपछि भने स्वास्थ्यकर्मीहरु पनि आत्तिएका छन् । सचेचना अभियान जारी राखेर पनि संक्रमण बढ्दा लापरवाही भयो वा अन्य कारण हो भन्नेमा अन्यौलता छाएको छ । अघिल्लो वर्ष जिल्लाभरमा २ सय ५० जना सङ्क्रमित भएकोमा यो वर्ष दोब्बर बढी भैसकेका छन् । अझै यो क्रम बढी रहेको छ । सचेतना अपनाउन नसके अझै सङ्क्रमण पैmलने चेतावनी समेत चिकित्सकले दिएका छन् । बजारका घरघरमा र गाउँमा पनि धेरै डेंगीका बिरामी देखिएका छन् । अस्पतालमा आउने बिरामी पनि अधिकांस डेंगीकै छन् । हरेक दिनजसो माइक लगाएर डेंगी समस्याबारे बताइएको सुनिन्छ तर घरघरमा सङ्क्रमित बढ्ने क्रम भने रोकिएको छैन । यो किन र कसरी भैरहेको छ त्यो विचार गर्ने कुरा भएको छ ।

किनकी यो सरसफाइको अभावले मात्र होइन, सामान्य लापरवाहीले लाग्ने रोग हो । अर्थात् घरभित्र, छत वा पुजा कोठामा राखेको पानी धेरै दिन नफेरेपनि डेंगीका लागि आवस्यक पर्ने लामखुट्टे उत्पादन हुन्छ । त्यसका लागि सडक वा आसपासमा सफाइ भएर रोग नलाग्ने होइन । आम बुझाइमा घर वरिपरिको पानी जम्ने खाल्डाका कारण सङ्क्रमण भयो की भन्दै स्थानीय सरकारलाई गाली गर्न हामी निकै अगाडि छौं । तर यो आफ्नो पुजा कोठाको पानी केही दिन नफेरेकै कारण घरभित्रैबाट उत्पन्न हुन्छ भन्ने हेक्का राखेका छैनौं । सडक वा नालीमा जम्मे पानीले मात्र हुँदो हो भने बागलुङका कतिपय गाउँपालिकामा पनि सङ्क्रमण कसरी फैलिन्थ्यो र ? तमानखोला, बरेङ, बडिगाडलगायतका स्थानमा समेत डेंगीका बिरामी देखिनुबाट ग्रामीण क्षेत्रमा समेत लापरबाही बढ्न थालेको देखिन्छ ।

सदरमुकाम बागलुङ बजारमा त ४ सय १६ भन्दा बढी बिरामी छन् । त्यसैले यो बेला सचेत बन्नुपर्ने भएको छ । विशेषगरी साँझको समयमा लामखुट्टेले टोक्दा डेंगी भएको अनुमान चिकित्सकको छ । त्यस बाहेक लामो बाहुला भएको कपडा लगाउने काम पनि आवस्यक छ । झाडीमा नजाने, बालबालिकालाई पनि हेरचाह गर्ने काममा कतै हामी लापरवाही त गरिरहेका छैनौं ? अझै पनि स्वास्थ्य सचेतना अपनाउन ढीला गरियो भने डेंगीको जोखिम बढ्ने छ बेलैमा सचेत बनौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->