शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

घर गुमाएर समस्यामा परेका परिवारका लागि साहारा समूहका स्वयंसेवकले श्रमदान र स्थानीयवासीको सहयोगमा अस्थायी आवास निर्माण गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०८३, शुक्रबार

म्याग्दी/ बेनी नगरपालिका-९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन्।

यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार र रेखा दर्जीको घर बगाएको थियो।

घर गुमाएर समस्यामा परेका दुवै परिवारका लागि साहारा समूहका स्वयंसेवकले श्रमदान र स्थानीयवासीको सहयोगमा अस्थायी आवास निर्माण गरेका हुन् । गरिएको हो।

साहारा समूहका संयोजक प्रकाश पौडेलले दिवाकर गोल्छा फाउन्डेसनले उपलब्ध गराएको जस्तापाताले छाएर काठ र ढुङ्गामाटोको प्रयोग गरेर दुईवटा घर निर्माण गरेको बताए। घर निर्माणका लागि काठजन्य सामग्री स्थानीयवासीले सहयोग गरेका थिए।

समूहका १५ जना युवाले १० दिनसम्म श्रमदान गरेर अस्थायी आवास बनाएका हुन् । विपद्का कारण घरबारविहीन भएका परिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउने उद्देश्यले आवास निर्माण गरिएको उनले बताए।

त्यसैगरी, बाढीपहिरोबाट प्रभावित अन्य परिवारलाई समेत सहयोग गर्ने उद्देश्यले म्याग्दीको मङ्गला गाउँपालिकामा पनि थप अस्थायी आवास निर्माणको काम अघि बढाइएको संयोजक पौडेलले बताए।

असोज दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले घर, सडक, खानेपानीलगायतका संरचनामा क्षति पुर्याएको छ। विपद्बाट प्रभावित परिवारलाई पुनःस्थापना गर्न स्थानीयवासी, विभिन्न सङ्घसंस्था र सहयोगी निकायले राहत तथा पुनर्निर्माणका काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->