बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गजल

गजल


  • लालवहादुर ऋतम्भरा
  • फाल्गुन ७ २०७५, मंगलबार

आफ्नै आमालाई गाली गरेर के ठूलो बन्छौ
आफ्नै धर्तिलाई आँखा तरेर के ठूलो बन्छौं ।

बनाउन बालुवाको महल एकछिनको लागि
स्वाभिमानी नजरबाट झरेर के ठूलो बन्छौ ।

तथानाम भन्छौ तिललाई पहाड बनाउँछौं
आफ्नाकै विरुद्ध भ्रम छरेर के ठूलो बन्छौं ।

सद्भाव विथोल्न वर्साएर गाली वेइज्जती
हियाउने कै स्वार्थमा परेर के ठूलो बन्छौं ।

सिंगो देश अटाउने तिम्रो विशाल छातीमा
संकीर्ण दलीय स्वार्थ भरेर के ठूलो बन्छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->