चलचित्र आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ नयाँ चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ राखिने भएको छ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहले नृत्य गरेको गरेको लोकप्रिय गीत ‘चट्ट रुमाल’लाई दर्शकले पुनः अर्को चलचित्रमा देख्न पाउने भएका हुन् । बाबुराम दाहालको शब्द रचना रहेको गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि–एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । राजन इशानले रि–एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । गीतमा सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यू गर्ल मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन् । ‘यात्राः अ म्युजिकल भ्लग’ चैत २९ गते रिलिज हुँदैछ । सम्राट शाक्यले निर्देशन गरेको सलिनसँगै सलोन बस्नेत जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई लगायतले अभिनय गरेका छन् ।





