बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा चौरीका रगत पिउने मेला

मुस्ताङमा चौरीका रगत पिउने मेला


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७६, सोमबार

म्याग्दी, १६ वैशाख – हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सीखोलामा चौरीको आलो रगत पिउने मेला लागेको छ । बैशाख र साउन गरी वर्षको दुई पटक लाग्ने यो मेलामा औषधीय गुणयुक्त चौरीको आलो रगत पिउन गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै काठमाण्डौं, बुटबल, चितवन लगाएतका ठाउँहरुबाट समेत मानिसहरु आएका छन् ।

विशेष गरी यौनशक्ति बढाउन र रक्त विकार हटाउन चौरीको आलो रगत पिउन यहाँ आएकाहरुको भीड लागेको धौलागिरि चौरीपालन कृषक समूहका गोविन्द शेरचनले जानकारी दिए । चौरीको रगत निकाल्नका लागि बोक्सीखोलामा २४ ओटा चौरी गोठहरु राखिएको छ । ती गोठहरुमा करिब ४ सयभन्दा बढी चौरीहरु रहेका बताइएको छ । शनिबारसम्म एक हजार पाँच सय जनाभन्दा बढीले चौरीको आलो रगत सेवन गरेका व्यावसायीको भनाइ छ ।

स्वस्थ र वयस्क चौरीको घाँटीमा सुइरोले रोपेर निकालिएको रगत गिलासमा थापिन्छ र तात्तातो रगत घुटुघुटु पिउने गरिन्छ । मानवीय संवेदनाका दृष्टिले हेर्दा यो कार्य निन्दनीय जस्तो लागेपनि स्वास्थ्य र आयुर्वेदिक उपचार पद्वतीका दृष्टिले भने फाइदाजनक रहेको स्थानीय चौरीपालक कृषकको भनाई रहेको छ । प्रत्येक बर्ष आयोजना हुने यस मेलामा आलो रगत सेवन गरेबापत प्रतिगिलास २ सय ५० रुपैयाँ लिने गरेको शेरचनले बताए । मेला १० दिनसम्म संचालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->