शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

मुस्ताङमा ४ महिनामा सवा लाख पर्यटक

मुस्ताङमा ४ महिनामा सवा लाख पर्यटक

सडक मार्ग सहज भएपछि मुस्ताङ पुग्ने नेपाली र विदेशीको संख्या करिब बराबर छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८३, शुक्रबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

मुस्ताङ/चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ लाख १२ हजार ४९ पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु वर्षको साउनदेखि कात्तिकसम्म स्वदेशी पर्यटक ५७ हजार ८ सय ३१ र विदेशी पर्यटक ५४ हजार २ सय १७ जना मुस्ताङ आएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको रेकर्डमा पहिलो चौमासिकमा स्वदेशीतर्फ पुरुष ४३ हजार ५ सय ८४ र महिला १४ हजार २ सय ४७ जना पर्यटक बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका छन् । प्रहरी निरीक्षण सन्तोष बस्यालले सो अवधिमा विदेशी पर्यटकतर्फ पुरुष ३७ हजार ४ सय १७, महिला १६ हजार ७ सय ९३ र अन्य ७ मुस्ताङ भित्रिएको जनाए ।

पहिलो चौमासिकमा विदेशी पर्यटकको अनुपातमा स्वदेशी पर्यटकको आगमन संख्या आंशिकमात्रै बढी रहेको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । साउन, भदौ, असोज र कात्तिक महिनामा विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकको संख्या ३ हजार ६ सय १४ अर्थात् ६ दशमलव २४ प्रतिशतले मात्रै धेरै छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना प्रहरी चौकी घाँसा चेक पोस्टको प्रविष्ट विवरण अनुसार साउन महिनामा ३० हजार ५ सय ३४ जना, भदौमा २० हजार २ सय ६८ जना, असोजमा १९ हजार ५ सय ३९ जना र मंसिर महिनामा ४१ हजार ७ सय ७ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

यो चौमासिकमा सबैभन्दा धेरै मंसिर महिनामा बढी पर्यटक भित्रिएका प्रहरी निरीक्षक बस्यालको भनाइ छ । मंसिर महिनामा दसंै—तिहार र छठ पर्वको लामो बिदा परेकाले मुस्ताङमा पर्यटकको संख्या वृद्धि भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । असोज महिनामा भने भारी वर्षाका कारण बेनी—जोमसोम सडक दुई साता बढी पूर्ण रुपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको संख्यामा कमी आएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बेनी—जोमसोम सडकमार्ग हुँदै ६९ हजार ७ सय ४६ सवारी साधन मुस्ताङ भित्रिएका छन् । प्रहरी निरीक्षक बस्यालका अनुसार साउनमा ४१ हजार ७ सय ४७, भदौमा ७ हजार ९ सय ८२, असोजमा ४ हजार ९ सय ७३ र मंसिर महिनामा १५ हजार ४४ सवारी साधन बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका छन् ।

२०८२÷०८३ को बाह्र महिनामा ७ लाख ७७ हजार ७ सय ३७ जना स्वदेशी तथा विदेशी पर्यटक बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका थिए । तीमध्ये स्वदेशी ४ लाख ८२ हजार ५ सय ३७ र विदेशी पर्यटक २ लाख ९५ हजार २ सय २९ जना थिए । गत वर्ष बेनी—जोमसोम सडक मार्ग हुँदै १ लाख ७६ हजार १ सय ७९ सवारी साधन मुस्ताङ आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->