बिहिबार, मंसिर ३ २०८३

बिहिबार, मंसिर ३ २०८३
  • ३ मंसिर २०८३ , बिहिबार
  • November 19 2026

‘अब बागलुङलाई पनि पर्यटकको गन्तव्य बनाऔं’

‘अब बागलुङलाई पनि पर्यटकको गन्तव्य बनाऔं’


  • ढाेरपाटन संवाददाता
  • मंसिर ३ २०८३, बिहिबार

बागलुङ/नेपाल होटल व्यवसायी महासंघका अध्यक्ष टिकार भण्डारी (शंकर) ले बागलुङका होटलहरुले स्तरीकरण गरेर पर्यटकको गन्तव्य बनाउनु पर्ने बताएका छन् । बागलुङमा पर्यटकहरु अन्य गन्तव्यमा जानका लागि मात्र आउने र बस्ने अवस्था परिवर्तन गर्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताएका छन् ।

बागलुङमा नयाँ स्थापना भै सञ्चालनमा आउन लागेको ‘होटल आँगन’को उद्घाटन गर्दै भण्डारीले ट्राान्जिट र विश्राम स्थललाई अब गन्तव्य बनाउने बेला आएको बताए । उनले त्यसका लागि बागलुङ आसपासका दर्जन स्थानलाई पर्यटनमा जोड्न उनले आग्रह गरे । व्यवसायीहरुको पहल भएमा पर्यटकीय स्थल बनाउन सकिने पनि उनले बताए । राजनीति वा स्थानीय सरकारमार्फत पर्यटन क्षेत्र घोषणा गरिने भएपनि व्यवसायीको लगानी र दृष्टीकोणले मात्र पर्यटन क्षेत्रको विकास संभव भएको पनि उनले बताए ।

युवालाई रोजगारी दिएर स्वदेशमै रमाउने बनाउन पनि व्यवसायीहरु सक्रिय बन्नुपर्ने उनले बताए । स्वदेशी पूजि निर्माणका लागि पनि व्यवसायीहरुले आफ्नै ठाउँमा लगानी गर्नुपर्ने बताए । स्थानीय पूजि निर्माणले आफ्नै क्षेत्र चलायमान बन्ने भन्दै पोखरा, काठमाण्डौ र चितवन जस्तै हब बनाउन व्यवसायिहरुको प्रयास नै पहिलो हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, एकीकृत सेवा कार्यालय बागलुङका प्रमुख पारसिंह थापा लगायतले होटलको व्यवसायिक सफलताको शुभकामना दिए ।

उनीहरुले बागलुङमा पर्यटकहरु बस्ने र आसपासका क्षेत्रमा घुम्ने र केही दिन बिताउने गरी पुर्वाधार निर्माणको काम गरिनुपर्ने बताए । त्यसका लागि स्थानीय सरकारको उनीहरुले ध्यानाकर्षण पनि गरेका छन् । त्यसमा व्यवसायीले पनि लगानी गर्ने योजना सुनाए ।

होटल व्यवसायी संघ बागलुङकी उपाध्यक्ष ललिता थापाको अध्यक्षता, कोषाध्यक्ष कविता बस्नेतको संचालन र आगन होटलका सञ्चालक दुर्गा कुँवरको स्वागतमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी समेत सहभागि थिए ।

महासंघको गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालका अनुसार बागलुङमा अब भने १ हजार बढी सुविधासम्पन्न बेड भएका स्तरीय होटलहरु सञ्चालनमा आउन थालेका छन् । ती होटलका कारण पर्यटन आवागमन पनि बढेको छ ।
बागलुङ कालीका, पञ्चकोट, शालीग्राम संग्राहलय, लामो झोलुंगे पुलसहित ढोरपाटनसम्म जाने पर्यटकले बागलुङका होटलमा पर्यटक बढाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->