बागलुङ/हरिबोधिनी एकादशीको अबसरमा कालीगण्डकी नदी किनारको निरयघाटमा एकादशी मेला तथा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
ऐतिहासिक निरयघाटलाई चिनाउने, त्यहाँ रहेको मानव सेवा आश्रमको प्रचार समेतका लागि मेला आयोजना गरिएको हो । यो मेला मार्फत धार्मिक र ऐतिहासिक पर्वको उजागर गर्ने लक्ष्य राखिएको छ । बिहिवार देखि मेला शुरु भएको हो ।
मेलाको उद्घाटन जेष्ठ नागरिकको तर्फबाट बागलुङ नगरपालिका–१ निवासी दुर्गाबहादुर आचार्यले गरे । मेलामा आयोजित खेल प्र्र्रतियोगिता अन्र्तगत पहिलो दिन जलजला गाउँपालिका बिरुद्द नमूना अपसेट प्रेसको खेल सम्पन्न भएको छ ।
तीन खेलमा जलजलाले २ खेल र नमुनाले १ खेल जितेर जलजला बिजयी भयो । दोश्रो खेल काठेखोला गाउँपालिका बिरुद्द बानपा ८ सिगाना बीच भएको थियो । उक्त खेलमा काठेखोलाले सोझो सेटमा सिगानालाई पराजित ग¥यो ।
मेलामा १२ वटा टिमले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, द्वितिय हुनेले एक लाख र तेस्रो हुनेले ५० हजार तथा चौथो हुनेले २५ हजार नगद पुरस्कार पाउने भलिबल खेल संयोजक किसोर थापाले जानकारी दिए ।
मेलालाई औपचारिक रुपमा मात्र नभइ अनौपचारिक पनि बनाइने छ । परंपरादेखि तार्दै आएको तोरण तार्ने, तुलसी विवाह गर्ने तथा भजन, आरती र अन्य क्रियाकलाप गरिने मेला आयोजक समितिका संयोजक राजु खड्काले जानकारी दिए ।





