पोखरा/दोस्रो संस्करणको ‘पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता–२०८३’ पुस १० गते हुने भएको छ । पोखराको पर्यटन प्रवद्र्धनसँगै खेलकुद संस्कृतिको विकास र रात्रिकालीन पर्यटनलाई नयाँ उचाइमा पु¥याउन प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितालाई सफल बनाउन पोखरा–९ ले पाँच लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए । वडा सचिव मीना भुजेलले समग्र पोखराको खेल पर्यटनमा नयाँ कार्यक्रम भएकाले उक्त कार्यक्रमलाई सबैले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
वडा कार्यालय र आयोजक संस्था पोखरा प्रवद्र्धन केन्द्रबीच यसबारे समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । प्रतियोगिताका संयोजक दिननाथ बरालले गत वर्ष सानो इभेन्टका रूपमा सुरु गरिएको प्रतियोगितालाई यस वर्ष विधा विस्तार, पुरस्कार राशिमा वृद्धि तथा व्यवस्थापकीय पक्षमा सुधार गर्दै बृहत् रूपमा आयोजना गर्न लागिएको उल्लेख गरे ।
पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटर दूरीको दौड सेन्टरप्वाइट, हल्लनचोक, जरेवर, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक र न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित अन्तर्राष्ट्रिय झण्डा पार्क (फल्चा) मा पुगेर समापन हुनेछ । प्रतियोगिता गर्न करिब १८ लाख खर्च हुने अनुमान छ ।





