बिहिबार, मंसिर ३ २०८३

बिहिबार, मंसिर ३ २०८३
  • ३ मंसिर २०८३ , बिहिबार
  • November 19 2026

नन्दकुमारी सदस्यमा मनोनित

नन्दकुमारी सदस्यमा मनोनित


  • ढाेरपाटन संवाददाता
  • मंसिर ३ २०८३, बिहिबार

पोखरा/पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा थप एक सदस्य मनोनित भएकी छन् । मनोनित हुनेमा गुड मर्निङ टे«ड सेन्टरकी प्रोपाइटर नन्दकुमारी सुवेदी ढुंगाना छिन् ।

संघकी अध्यक्ष शोभा गौतमले संघको विधान २०६५ (पहिलो संशोधन) २०७२ को परिच्छेद ६.१.१(ड) ले दिएको अधिकार प्रयोग गरी उनलाई कार्यसमितिमा मनोनित गरेकी हुन् । सो धाराले अध्यक्षलाई कार्यसमितिको सहमतिमा सदस्य मनोनित गर्ने अधिकार दिएको छ ।

नन्दकुमारीले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । अध्यक्ष गौतमले गएको असोज २८ गते साजन गिफ्ट एन्ड किचन कर्नरका प्रोपाइटर डिल्लीराज सुवेदी तथा थापा सप्लायर्सका प्रोप्राइटर तुलबहादुर थापालाई सदस्यमा मनोनित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->