मंगलबार, मंसिर १ २०८३

मंगलबार, मंसिर १ २०८३
  • १ मंसिर २०८३ , मंगलबार
  • November 17 2026

सिमाना र रन्जना चम्कदाँ स्याङ्जा ९० रनले विजयी

सिमाना र रन्जना चम्कदाँ स्याङ्जा ९० रनले विजयी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०८३, सोमबार

पोखरा / पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरी महिला टि२० प्रतियोगितामा सिमाना केसी र रन्जना साउन चम्कदाँ स्याङ्जाले बागलुङमाथि उत्कृष्ट जित हासिल गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा एक सय २८ रनको विजयी लक्ष्य दिएको स्याङजाले ११.४ ओभरमा ३७ रनमै नवलपुरलाई अलआउट गर्दै ९० रनको जित हासिल गरेको हो ।
स्याङजाकी अलराउन्डर सिमाना केसीले २ ओभरमा २ मेडनसहित ३ विकेट लिइन् । जारी प्रतियोगितामा कुनै पनि बलरले २ मेडनसहति विकेट लिएको यो नै पहिलो हो । यस्तै रन्जना साउदले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । यि बलरको सामु बागलुङका ब्याटर निरिह देखिए ।

बागलुङका कुनैपनि ब्याटरले दोहोरो अंक जोड्नै सकेनन् । ओपनर सुप्रिया खड्का १ र सिमरान घर्ती क्षेत्री २ रनमा आउट भइन् । यस्तै कृसिता कुवर शुन्य, अनुजा सुनार ८, कुशुम राई, कप्तान संरचना घिसिङ तामाङ, हिरा घर्ती मगर, राफिया कार्की शुन्यमा आउट हुँदा सुप्रिया घर्ती मगरले ९ तथा दिपिका पौडेलले ६ रन बनाइन् । आयुष्का सहानी शुन्यमा नटआउट रहिन् ।

स्याङजाका सिमाना र रन्जानाले ३÷३ संगै भावना भट्टराई, दिया राना, अपेक्षा बुढाथोकी र सलिना सेनले समान १÷१ विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्याङ्जाले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय २७ रन बनायो । स्याङजाका लागि सिमाना केसीले सर्वाधिक ३४ रनको योगदान दिइन् । उनले ३४ बलमा १ चौका र २ छक्का प्रहार गरिन् । ओपनर अर्मिना अधिकारी ९, सलिना सेन ४, श्रेया शाह १०, अपेक्षा बुढाथोकी २ रनमा आउट भइन् । यस्तै सेरिना थापा १६ र रन्जाना साउद १ रनमा आउट हुन्दा भावना भट्टराई १९ र भूमा गैरे २ रनमा अविजित रहिन् ।

बागलुङका लागि कुशुम राईले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । हिरा घर्ती मगर र अनुजा सुनारले समान १÷१ विकेट लिइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->