पोखरा/पोखरामा क्रियाशील युवा पत्रकार सुमन थापा सिञ्जालीमगर समाजसेवी मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएकी छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा प्रदान गरिने उक्त पुरस्कार मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसर पारेर आगामी मंसिर ३ गते प्रदान गरिनेछ ।
फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको सिञ्जालीमगरको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । छनोट समितिमा फोनिज गण्डकी अध्यक्ष खिमकुमारी गुरुङ, उपाध्यक्ष धनबहादुर गुरुङ, फोनिज कास्कीअध्यक्ष बिनाकुमारी थापामगर र सचिव देविका तामाङ सदस्य छन् ।
सिञ्जालीमगरले विसं २०६८ देखि कास्कीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिहेकी छन् । सिञ्जालीमगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र नेपाल मगर पत्रकार संघ कास्कीकोषाध्यक्षसमेत छिन् ।





