शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३
  • २७ कार्तिक २०८३ , शुक्रबार
  • November 13 2026

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किदा दुइको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किदा दुइको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८३, शुक्रबार

पोखरा / पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–५ जिरो किलोमिटर नजिक आज दिउँसो भएको दुर्घटनामा स्कुटरमा सवार दुइ जनाको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका–दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगंगा गाउँपालिका–३ निवासी २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले बताए । विवेकलाई टाउको र आँखामा गम्भीर चोट लागेको थियो भने उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा दिउँसो ३ः५० बजे चिकित्सकले मृत घोषणा गरेको हो ।

उनको शवलाई दिउँसो ५ बजे आफन्तले सनाखत गरेका छन । लु ३ च ५२७४ नम्बरको बोलेरो जिप सडकमा रोकेर राखिएको अवस्थामा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किका गम्भिर घाइते भएका हुन   ।  स्कुटर चालक र सवार दुबै युवाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै टाउकोमा चोट लागेका मोहनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको थियो । अस्पतालमा परीक्षणका क्रममा दिउँसो ३ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। उनको शवलाई आमा रूपा परियारले सनाखत गरेको प्रहरीले जनाएको छ ।

स्कुटर, बोलेरो जिप र बोलेरो चालक पोखरा महानगरपालिका–२८ कालिका निवासी ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->