बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३
  • २६ कार्तिक २०८३ , बिहिबार
  • November 12 2026

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८३, बिहिबार

पोखरा / पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते पर्वत घर भई हाल पोखरा–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको आज बिहान २:४२ बजे चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।
प्रहरीका अनुसार गए राति ९:४० बजे घाटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको थियो। जिप पर्वतको पैँयु गाउँपालिका–७ घर भई हाल पोखरा–२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुर गुरुङले चलाएका थिए।
दुर्घटनामा घाइते भएका १२ जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज (जीएमसी) अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा ११ देखि २० वर्ष उमेर समूहका छन्।
दुर्घटनापछि प्रहरीले चालक टोकबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->