हेटौँडा / काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार अन्यको खोजी भइरहेको छ।
आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
‘दुर्घटनामा परेर गम्भीर घाइते भएका १० जना हुनुहुन्छ। अरुको खोजी गर्दैछौं। भीरमा भएकोले खोजीमा पनि समस्या भएको छ,’ उनले भने। मकवानपुका प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्रीको कमाण्डमा सेना, सशस्त्र प्रहरी र प्रहरीको ४८ जना उद्धारमा खटिएका छन् ।





