बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३
  • २६ कार्तिक २०८३ , बिहिबार
  • November 12 2026

धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट

धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट

आगलागीको कारण र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८३, बुधबार

दमौली / तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मा धानको कुनिउँमा आगलागी हुँदा करिब ३५ मुरी धान जलेर नष्ट भएको छ ।

सेती नदी किनार नजिकै रहेको प्रकाश पौडेलको खेतमा राखिएको धानको कुनिउँमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा भित्र्याउनका लागि तयारी अवस्थामा राखिएको सबै धान सोमबार नष्ट भएको वडाध्यक्ष खड्गसिंह थापाले जानकारी दिए ।

आगलागी कसले र कुन प्रयोजनले गराएको हो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले बताए ।

आगलागीको कारण र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->