आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

लक्ष्मीपूजामा विद्युत्‌को ‘पिक लोड’ १८१३ मेगावाट

लक्ष्मीपूजामा विद्युत्‌को ‘पिक लोड’ १८१३ मेगावाट

साँझ ६ः१५ बजे उक्त लोड रेकर्ड भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यसपटक स्वदेशी उत्पादनबाट माग पूरा गरेर ५८७ मेगावाट निर्यात भएको छ। 


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०८३, आइतबार

काठमाडौं / आज तिहारको लक्ष्मीपूजा। नेपालमा सबैभन्दा धेरै विद्युत लक्ष्मीपूजाको दिन खपत हुन्छ। आज विद्युतको अधिकतम खपत (पिक लोड) १८१३ मेगावाट पुगेको छ।

साँझ ६ः१५ बजे उक्त लोड रेकर्ड भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यसपटक स्वदेशी उत्पादनबाट माग पूरा गरेर ५८७ मेगावाट निर्यात भएको छ।

प्राधिकरणका अनुसार आइतबार कुल २४०० मेगावाट विद्युत उत्पादन भएको थियो। जसमा निजी क्षेत्रबाट १५३६.५० मेगावाट र विद्युत प्राधिकरण अन्तर्गतका निकायबाट बाँकी विद्युत उत्पादन भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->