आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गोरखाको चुमनुब्रीबाट गर्भवती र सुत्केरी महिलाको एकैपटक हवाई उद्धार

गोरखाको चुमनुब्रीबाट गर्भवती र सुत्केरी महिलाको एकैपटक हवाई उद्धार


  • Dhorpatan News
  • कार्तिक २२ २०८३, आइतबार


गोरखा
गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाबाट एकैपटक दुई महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

चुमनुब्री गाउँपालिका–३, सानो फिलिमकी ३१ वर्षीया सुन्तली गुरुङलाई २८ हप्ताको गर्भावस्थामै सुत्केरी व्यथा लागेपछि सिर्दिवास स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो। उपचारका क्रममा २२ गते बिहान ८ बजेर ७ मिनेटमा उनले छोरालाई जन्म दिएकी थिइन्। तर, नवजात शिशुको तौल एक हजार ग्राम मात्रै रहेको र स्वास्थ्य अवस्था जोखिमपूर्ण भएकाले थप उपचारका लागि काठमाडौं लैजानुपर्ने अवस्था आएको थियो।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत नेपाली सेनाको हेलिकप्टरबाट आमा र शिशुको हवाई उद्धार गरिएको हो। उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा भर्ना गरिएको ।

त्यसैगरी, चुमनुब्री–३, सिर्दिवास देवलकी २३ वर्षीया सुप्रिया गुरुङको पनि हवाई उद्धार गरिएको छ। अनुमानित सुत्केरी हुने मिति १२ दिन नाघिसक्दा पनि सुत्केरी नभएपछि उनी स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भएकी थिइन्। उनको स्वास्थ्य अवस्था जटिल र जोखिमपूर्ण देखिएपछि सोही हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पुर्‍याइएको हो।

दुवै महिलाको उद्धारका लागि गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले समन्वय गरेको थियो। स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका अधिकृत एवं हवाई उद्धार कार्यक्रमका फोकल पर्सन बुद्धिसागर अधिकारीका अनुसार दुवै महिलालाई थप उपचारका लागि काठमाडौं पुर्‍याइएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->