बागलुङ तिहारले छोपेसँगै बागलुङका चोक चोकमा देउसीभैलो खेल्नेहरुको भीड लागेको छ । देउसीभैलोमा युवाका समूह बढी आकर्षित देखिएका छन् । उनीहरुका अधिकांश प्रस्तुति आधुनिक गीत, हिन्दी र सामूहिक नृत्य भए पनि केही समूहले भने मौलीक कला झल्कने गीत गाएका छन् ।
बिशेषगरी सालैज्यो, मारुनी, सोरठी र झ्याउरे गीतमा यो पटक देउसी खेलेको भेटिएको हो । समूहकै नाम समेत अंग्रेजी जस्तो देखिने कतिपय समूहले पनि अहिले भने सामाजिक परम्परा र सस्कृतिमा आधारित भएर देउसी खेलेका छन् । अघिल्लो बर्ष नेपाल मगर संघ र देउराली आमा समूहले मात्र मौलीक गीत गाएको भेटिनेमा अहिले भने धेरै जसोको मौलिक देखिएको हो ।
यद्यपी आधुनिक गीतले पनि उत्तिकै मौका पाएको छ । दुइ महिना अघि मात्र संचालनमा आएको तान्डव नृत्य समूहले बिशेषगरी परंपरागत र सास्कृतिक नृत्य देखाएको छ भने अन्यले पच्छ्याएका छन् । यहाँका कलाकारलाई भने मौलीक गीत, शाष्त्रिीय संगीत समेत सिकाइएको छ । दिउसो र बेलुकीको समयमा उनीहरुले रौनक ल्याएका छन् ।
तरपनि परंपरा, सस्कृति र इतिहास झल्कने गरी नृत्य सहित भैलो खेलिनुपर्नेमा हिन्दी गीत संगीतमा देउसी खेल्ने र नाच्नेहरु बढी छन् । बजार भित्र खेलीएका देउसीमा डाइनामिक डास्स गु्रप, राईजिङ गु्रप, जस्ता समूहमा पनि देउसी खेलिएका छन् । परंपरागत पोशाक लगाएका युवा युवती पनि देउसीमा देखिन थालेको बिषय भने राम्रो भएको लोकभजन समूहका अगुवा टेकबहादुर क्षेत्रीले बताए । चर्चित गायक प्रकाश दुतराज लगायतका गीतले यो पटकको देउसीमा प्राथमिकता पाएको छ ।
यो पटक नेपाल मगर संघले भने देउसी खेलेको छैन । उनीहरुले भने मगर संस्कृतिका सोरठी लगायतका नृत्य बढी देखाउने गर्थे । अहिले प्रर्दशन भएका नृत्यमा भने संस्कृतिको झल्को भएपनि विधिपुर्वकका भने नभएको टिप्पणी समेत हुने गरेको छ । प्रशासनले सडक नै ढाक्ने गरी देउसी भैलो नखेल्न, रातीको समयमा देउसी नखेल्न आग्रह गरेको छ । छिटफुट रुपमा सडक नै ढाकेर कार्यक्रम गरिएपनि सवारी आवागमनलाई भने उनीहरुले रोकेका छैनन् । तर यी सबै क्रियाकलाप भन्दा बाहिर सबै समूहले पैसा संकलन गर्ने मुल लक्ष्य राखेको देखिएको छ ।
देउसीभैलोको क्रियाकलाप चलिरहेको समयमा कापीकलम र रसिद बोकेका युवाहरु पसल र सडकमा हिडेका छन् । ,उनीहरुले रकम माग्न थालेपछि पसल गर्नेहरुले पैसामा बार्गेनिङ भएको समेत बताएका छन् । मादल, मुजुरा र खैजेरी बजाएर गाउने गीतलाई क्यासेट बजाइएकोमा स्थानीय धेरै सन्तुष्ट छैनन् ।
…परंपरागत गीत र मौलीक बाजा बजाएर नाच्ने हो भने धेरै राम्रो हुन्थ्योÚ बानपा २ की सगुन सापकोटाले भनिन् …डेक लगाएर नाच्ने भन्दा बाउबाजेको संस्कार धान्ने गीत गाउनर मादल नै बजाएर नाच्दा झन राम्रो हुने थियो ।Ú गीत संगीत सिकाउने समूहले पनि मौलीक गीतसंगीतलाई प्राथमिकता दिनुपर्ने उनले बताइन् ।





