पोखरा / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढीको विपदमा परी बेपत्ता भएका २२९४ नेपाली र १७१ विदेशी नागरिकको नामावली सार्वजनिक गरेको छ।
ती मध्ये गण्डकी प्रदेशका ४१ जनाको नाम पनि वेपत्ताको सूचीमा छ । यहाँका नवलपुरका १७ जना, बागलुङका १६ जना र स्याङ्जाका ८ जना बेपत्ताको सूचीमा छन् ।
प्राधिकरणले शनिबार सूचना जारी गर्दै सार्वजनिक विवरणमा कुनै त्रुटि भए सच्याउन, थपघट गर्न वा दाबी पेश गर्न ७ दिनको समय दिएको जनाएको छ।
७ देशका विदेशी नागरिकतर्फ मलेसिया र युक्रेनका ५४-५४ जना,अस्ट्रेलियाका ३३, रुसका ११, दक्षिण कोरियाका ९, जर्मनीका ८ र इटालीका २ जना बेपत्ता रहेका छन्।
प्राधिकरणका ना, डडेल्धुरा १५ जना, ललितपुर १४ जना, नवलपरासी पश्चिम ११ जना, महोत्तरी ९ जना, स्याङ्जा ८ जना, कपिलवस्तु ६ जना, कालिकोट ६ जना, खोटाङ ६ जना, भोजपुर ४ जना, रुकुम (पूर्वी भाग) ४ जना, बाजुरा ३ जना, संखुवासभा ३ जना, सर्लाही ३ जना, अछाम २ जना, जाजरकोट २ जना, ताप्लेजुङ २ जना, धनकुटा २ जना, तेह्रथुम १ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।
सूचीमा समावेश व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारले सात दिनभित्र स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्राधिकरणमा दाबी पेश गर्न सकिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रकाशित गरेको सूचनाअनुसार, विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा ९३० बमोजिम यो सूचना जारी गरिएको हो। विदेशी नागरिकको विवरण सच्याउन परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले रसुवा विपद्मा बेपत्ता भएका व्यक्तिहरूको कानुनी पहिचान र निर्धारित प्रक्रियाबाट मृत्यु घोषणा गर्न सकिने व्यवस्था सरकारले कानुनमार्फत गरेको बताइन्।






