आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

लक्ष्मी र कुबेर संगिनी

लक्ष्मी र कुबेर संगिनी


  • शान्ता गौतम
  • कार्तिक २२ २०८३, आइतबार

कृष्णपक्ष त्रयोदशी कात्तिकै महिना,
भगवान् धन्वन्तरी नि मेरा बाले भगवान् धन्वन्तरी।

हातमा अमृतको कलशै बोकी,
वैधको रूपधरी मेरा बाले बैद्यको रूपधरी।

विष्णुको अवतार आयुर्वेदको ज्ञाता,
प्रकट भएनि मेरा बाले प्रकट भएनि।

प्रकृतिभित्र नि जडीबुटी भर्दै,
धर्तीमा रहेनि मेरा बाले धर्तीमा रहेनि।

आरोग्य पूजा नि लक्ष्मी र कुबेर,
सम्झेर साथैमा मेरा बाले सम्झेर साथैमा।

जाहीकै फूल नि पहेंलो फूल,
लिएर पातैमा मेरा बाले लिएर पातैमा।

साँझको बेला नि यमदीप जलाई,
दक्षिण दिशामा मेरा बाले दक्षिण दिशामा।

धनियाँ, तुलसी, शबरी रोपी,
औषधि पिसन मेरा बाले औषधि पिसन।

सुन चाँदीभन्दा नि ठूलो धन आज,
आयुर्वेदभित्र नि मेरा बाले आयुर्वेदभित्र नि।

शरीर हाम्रो नि महान् यो चोला,
वनजंगलभित्र मेरा बाले बनजंगल हुन्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->