शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

इमिसमा बढी विद्यार्थी भए कारबाही

इमिसमा बढी विद्यार्थी भए कारबाही


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८३, शनिबार

पर्वत/सामुदायिक विद्यालयमा कक्षाकोठामा उपस्थित हुने वास्तविकभन्दा बढी विद्यार्थीको विवरण एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिश)मा प्रविष्ट गरी राज्यकोषदुरुपयोग गरेको पाइए कारबाही हुने भएको छ ।

शिक्षामन्त्री सस्मित पोख्रेलले वर्षौँदेखि करिब २ लाख विद्यार्थीको फर्जी विवरण बनाएर राज्यकोषबाट आर्थिक अपचलन भएको विषय मन्त्रालयको अनुगमनका क्रममा पत्ता लागेको जनाए । मन्त्री पोख्रेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो जानकारी दिँदै फर्जी तथा दोहोरो विद्यार्थी विवरण राखेर सरकारी अनुदान दुरुपयोग गर्ने विद्यालयका प्रधानाध्यापक, इमिस फोकल पर्सन तथा जिम्मेवार कर्मचारीलाई कानुनबमोजिम कडा कारबाही गरिने बताएका हुन् ।

सामुदायिक विद्यालयमा दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, पोसाक तथा प्रति विद्यार्थी लागत (पिसिजी) अनुदानका नाममा जाने सरकारी रकम वास्तविक विद्यार्थीसम्म पुग्नुपर्नेमा इमिसमा वास्तविकताभन्दा फरक र दोहोरो विवरण राखेर बजेट दुरुपयोग गर्ने प्रयास भएको छ ।

यसअघि नै फर्जी तथा दोहोरो विवरण हटाउन शिक्षा विभागले गत असोज २ गते सबै सामुदायिक विद्यालयलाई परिपत्र गरेको थियो । असोज मसान्तभित्रै त्यस्ता विवरण हटाउन निर्देशन दिइए पनि पटक पटक ताकेता गर्दा समेत पूर्ण रूपमा कार्यान्वयन नभएको मन्त्री पोख्रेलले बताएका छन् ।

निर्देशन पालना नभएपछि मन्त्री स्तरीय निर्णयबाट सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय ‘अध्ययन तथा अनुगमन समिति’ गठन गरिएको छ । गठित समितिलाई इमिसमा रहेका दोहोरो तथा फर्जी विवरणको सूक्ष्म छानबिन गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->