बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

माउन्ट अन्नपूर्णमा खेलकुद

माउन्ट अन्नपूर्णमा खेलकुद


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०८३, बुधबार

पोखरा/माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा–३, नदीपुरमा वार्षिक खेलकुदका कार्यक्रमसुरु भएका छन् । प्रतियोगितामा पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गर्ने प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।

विद्यालयका अध्यक्ष सुरजप्रकाश प्रधानांग, प्राचार्य श्रेष्ठ, प्रशासनिक प्रमुखहरु चित्र गुरुङ र झम गुरुङ, अतिरिक्त क्रियाकलाप निर्देशक तेज गुरुङ र एकेडेमिक हेड सेजल बिजुक्छेलेप्रतियोगिता सुरुआत गरे ।
मंगलवारबाट सुरु भएका खेलकुदका कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुनेछन् । हेन्डबल, भलिबल,टेबुलटेनिस,फुटसल,दौड,लङजम्प,डोरीतान लगायका खेल जारी छन् ।

कार्यक्रममा अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले खेलकुद विद्यार्थीको सर्वांगीण विकासको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै पढाइसँगै खेलकुद गतिविधिलाई पनि विद्यालयले प्राथमिकतामा राखेको बताए । उनले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सबल बनाउनुका साथै नेतृत्व क्षमता, समूहमा मिलेर काम गर्ने बानी र हारजितलाई सहज रूपमा स्वीकार गर्ने संस्कारको विकास गर्न सहयोग पु¥याउने धारणा राखे ।

प्राचार्य श्रेष्ठले विद्यालयले विद्यार्थीको रुचि र क्षमताअनुसार विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै आएको बताए । स्पोट्र्स मिटले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन बास्केटबल, टेबुलटेनिस, भलिबल लगायतका खेल भएको खेल संयोजक उमेश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->