बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

स्वास्थ्य नीति बनाउँदै बडिगाड

स्वास्थ्य नीति बनाउँदै बडिगाड


  • अनिष पाठक
  • कार्तिक १८ २०८३, बुधबार

बागलुङ (खर्वाङ)/बागलुङको बडिगाड गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको ‘एक स्वास्थ्य’ कार्यक्रमका लागि यस वर्षदेखिनीति निर्माण र योजना कार्यान्वयनका काम सुरु गरेको जनाएको छ । बडिगाड गाउँपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको सहजीकरणमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भीमसेन वनले यस्तो जानकारी दिएका हुन् ।

गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले ‘एक स्वास्थ्य’ कार्यक्रम सञ्चालन गर्ने बडिगाडदेशकै एकमात्र स्थानीय तह भएको दाबी गरिन् । उनले यस आर्थिक वर्षमा स्वास्थ्य शाखामार्फत सबै वडामा समुदाय लक्षित कार्यक्रम थाल्ने जनाइन् ।

‘एक स्वास्थ्यलाई विशेष महत्त्व दिँदै हामीले हरित आयलाई पनि सँगै जोडेका छौं । मानिस, पशु र वातावरणको सन्तुलन मिल्न आवश्यक छ । हरित आयमा धनसँगसँगै व्यक्ति, परिवार र सिंगो समाजको समृद्धि पनि साथमा छ,’ अध्यक्ष अधिकारीले भनिन् ।

मानिस स्वस्थ रहन पशुपछी र वातारण पनि स्वच्छ हुन आवश्यक रहेको उपाध्यक्ष वनले बताए । उनले भने, ‘पालिकामा क्षयरोग जटिल समस्याकारुपमा छ । पशुबाट पनि क्षयरोग मानिस सर्ने भएकाले यसको सूक्ष्म अध्ययनको तयारीमा छौं ।’

वडाध्यक्ष ढालप्रसाद शेरचनले मानिस, पशुपक्षी र वातावरणको स्वास्थ्यमा ध्यान दिँदै जीवनोपयोगी कार्य गर्नुपर्नेमा जोड दिए । हेफरका कार्यक्रम संयोजक पारस विक र पालिकाका पशु विकास शाखा प्रमुख अशुतोष अधिकारी र हेफरका परियोजना संयोजक सुदीप भुजेलले सहभागीलाई प्रशिक्षण दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->