सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

बालेनलक्षित गगन थापाको स्टाटस: ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

बालेनलक्षित गगन थापाको स्टाटस: ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८३, सोमबार

पोखरा / नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै आफ्नो तर्सिने बानी नभएको बताएका छन्। सोमबार साँझ ६ बजे उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई जवाफ दिँदै स्टाटस् लेखेका हुन्। ‘अहिले ठीक १८:०० बजेको छ,’ थापाले भनेका छन्, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

प्रधानमन्त्री शाह सामाजिक सञ्जालमा राति पोस्ट गर्दै आएकाले कांग्रेस सभापति थापाले कटाक्ष पनि गरेका छन्। आफूले राति नलेखेको संकेत गर्न थापाले समय समेत उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले आइतबार साँझ ७ बजेतिर स्टाटस् लेखेर एक-दुई जनालाई उम्किन नदिने चेतावनी दिएका थिए। ‘सही समय आएपछि, सबैको गलत समय आउछ,’ शाहले लेखेका थिए, ‘एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’

आइतबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सभापति थापाले सरकारको आलोचना गरेका थिए। पत्रकारलाई धरपकड गरेकोमा सरकारको चर्को आलोचना गरेका थिए। त्यसपछि प्रधानमन्त्री शाहको स्टाटस् आएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->