सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

२ सय ९ किलो गाजाँ नियन्त्रणमा लिन हवाई फायर, ५ जनालाई पक्राउ

२ सय ९ किलो गाजाँ नियन्त्रणमा लिन हवाई फायर, ५ जनालाई पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८३, सोमबार

पोखरा / धरानमा प्रहरीले २ राउण्ड हवाई फायर गरि दुई सय ९ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । धरान उप–महानगरपालिका वडा नम्बर २० च्यान डाँडामा गाँजा लोड गरिरहेकालाई पक्राउ गर्न पुगेको प्रहरीले हवाई फायर गर्न परेको हो ।

बा१च ५०३८ र को१च ८१८२ नम्बरको स्कोरपियोमा गाँजा लोड भइरहेको थियो । नियन्त्रणमा लिन पुगेका प्रहरीलाई देखेपछि भाग्न खोज्दा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा एक भारतीय सहित चार नेपाली रहेका छन् । भारत विहार प्रान्त मधुवन्नी जिल्लाका वर्ष ३८ का सन्तोष ठाकुर, चालक सप्तरी डाक्नेश्वरी नगरपालिका १० का वर्ष २४ का रामसागर कुमार यादव र सप्तरी छिन्नमस्ता गाउँपालिका ६ का वर्ष ५९ का राजकुमार शाह रहेका छन् ।

यादव ५०३८ नम्बरका चालक हुन भने शाह ८१८२ नम्बर गाडीका । यस्तै सप्तरी राजगढ गाउँपालिका १ का वर्ष ४५ का राजेन्द्र प्रसाद मंडल र धरान ११ का वर्ष २१ का अमृत बिशुङखे रहेका छन् । उनीहरुसहित २०९.४२ किलोग्राम गाँजा फेला परेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->