सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

कार्तिक १८ देखि पोखरामा सयपत्री फूलको मेला

कार्तिक १८ देखि पोखरामा सयपत्री फूलको मेला


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८३, सोमबार

पोखरा / नेपालीहरुको महानपर्व तिहारको अवसरमा पोखरामा सयपत्री फूलको मेला हुने भएको छ । फ्लोरिकल्चार एसोसिएसन नेपाल (फान) कास्कीको आयोजनामा कार्तिक १८ गतेदेखी २३ गतेसम्म पोखरा रंगशालामा नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रदेशीक एवम् तेस्रो यसपत्री फूल मेला हुने भएको हो ।

मेलाबारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीले तिहार लक्षित गरेर मेलाको आयोजना गर्न लागिएको जानकारी दिए । उनले स्थानीय फूलको प्रबद्र्धन गर्दै बाह्य आयातलाई रोक्नका लागि यो मेलाले ठूलो भूमिका खेल्ने जानकारी दिए ।

प्रदर्शनीमा नर्सरीमा भन्दा सहुलियतमा फूलहरु किन्न समेत पाइनेछ । पोखरा रंगशालामा हुने मेलामा २२ वटा व्यवसायिह स्टल राखिनेछन् । यस्तै ३ वटा कृषि सामग्रीका स्टल, १ वटा सूचनामुलक स्टल राखिनेछ ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले महानगरपालिकाले स्थानीय उत्पादनको प्रबद्र्धनका लागि मेलालाई सहयोग गरेको बताए । उनले हाल पोखरामा माग अनुसारको फूल उत्पादन हुन थालेको र यसले स्थानीय किसानलाई राहत मिल्नेमा विश्वास व्यक्ति गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->