पोखरा / नवलपरासीको कावासोतीमा रकम चोरी गरि चिहानघाटमा लुकाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
कावासोती नगरपालिका वडा नम्बर ३ अठ्ठाइसविघा बस्ने वर्ष ८२ का मानबहादुर तामाङको घरबाट ८० हजार चोरी गरि गाडेर लुकाउने कावासोती ३ का वर्ष २२ का अर्जुन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले तामाङको घरको कोठामा राखेको ज्याकेटबाट ८० हजार रुपैयाँ चारी गरेका थिए ।
उक्त रकम चिहानघाटस्थित काशघारीमा खाल्डो खनि लुकाई राखेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।





