पोखरा/माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा स्पोट्र्स मिट अन्तर्गत रहेर बिभिन्न खेलकुदका कार्यक्रमको शुक्रबार सकिएको छ । कात्तिक १७ गतेबाट सुरु भएको वार्षिक खेल सप्ताह २०८३अन्तर्गत ४ दिने स्पोट्र्स मिटको समापन गरिएको विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।
खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गरेकाथिए।प्रतियोगिता अन्तर्गत हेन्डबल, भलिबल,टेबुलटेनिस,फुटसल,दौड,लङजम्प,डोरीतान लगायतका खेल आयोजना गरिएको खेल संयोजक उमेश खनालले जानकारी दिए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले खेलकुदको महत्त्वमाथि प्रकाश पार्दै खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अन्नपूर्ण अग्रपंक्ति रहेको उल्लेख गरे ।विद्यालयका प्राचार्य श्रेष्ठले खेलकुदले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने र आगामी दिनमा पनि खेलकुदलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष सुरजप्रकाश प्रधानांग, प्रशासनिक प्रमुखहरु चित्र गुरुङ र झम गुरुङ, पूर्वअध्यक्ष चिजकाजी गुरुङ, एकेडेमिक हेड सेजल बिजुक्छेले विद्यालयले आयोजना गर्दैै आएको खेलकुदको महत्वमाथि प्रकाश पारेका थिए ।
प्रतियोगितामा रातो सदन पहिलो,हरियो सदन दोस्रो, नीलो सदन तेस्रो र पहेलो सदनले सान्त्वना स्थान प्राप्त गर्दा फेयरप्ले अवार्ड पहेलो सदनले जितेको खेल शिक्षक एन्जल पुनले बताए ।
विद्यालयका अध्यक्ष सुरजप्रकाश प्रधानांगको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक इन्दिरा शर्माले गरेकी हुन् । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउन्टेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ । यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो विद्यालय हो ।





