शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल

पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०८३, शुक्रबार

पोखरा / नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारले पश्चिमा शक्तिहरूको स्वार्थअनुरूप काम नगरे उनीहरूले नै सरकार ढालिदिने दाबी गरेका छन् ।

एमाले दमक नगर कमिटीले शुक्रबार आयोजना गरेको दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमाले, कांगेस, तत्कालीन माओवादीलगायतका दलले पश्चिमा शक्तिको स्वार्थ पूरा नगरेपछि ती शक्तिहरूविरुद्ध आक्रमण गरेर पार्टी भवन र नेताका घर ध्वस्त पारिएको बादलले दाबी गरे ।

विगतमा पश्चिमा शक्तिले नै सद्दाम हुसेन, ओसामा विन लादेनलाई उठाएको र पछि उनीहरू बाधक बनेपछि नष्ट पारेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->