शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गोरखाको इतिहास संग्रहालयमा

गोरखाको इतिहास संग्रहालयमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८३, शनिबार

पोखरा/पोखरामा प्रथम विश्वयुद्धदेखि हालसम्म भारतीय सेनामा रहेका नेपाली सैनिकले दिएको बलिदान, साहस र वीरताको इतिहास संग्रहालयमा समेत राखिएको छ । पोखरा महानगरपालिका १६, दीप स्थित गोर्खा मेमोरियल संग्रहालयमा अब भारतीय सेनामा रहेर इतिहास बनाउनेदेखि अदम्य साहस र बलिदान दिएका नेपालीको योगदानलाई राखिएको हो ।

विभिन्न सैनिक अभियानमा गोर्खा सैनिकले प्रदर्शन गरेको इतिहासलाई संरक्षण गर्दै नयाँ पुस्ता तथा पर्यटकसमक्ष परिचित गराउने उद्देश्यले ग्यालरी स्थापना गरिएको हो छ । गोर्खाली सैनिकले विश्वका विभिन्न युद्ध तथा सैनिक अभियानमा पु¥याएको योगदान नेपालको मात्र नभई अन्तर्राष्ट्रिय पहिचान र गौरवसँग समेत जोडिएको विषय रहेको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले बताए ।

गोर्खाली सैनिकले विश्वका विभिन्न युद्ध तथा सैनिक अभियानमा पु¥याएको योगदान नेपालको मात्र नभई अन्तर्राष्ट्रिय पहिचान र गौरवसँग समेत जोडिएको विषय रहेको उनले बताए । पुर्खाले राष्ट्र र कर्तव्यका लागि गरेको त्याग, तपस्या र बलिदानको सम्मान गर्दै उनीहरूको वीरगाथालाई जीवन्त राख्नु आवश्यक रहेको उनको भनाइ छ ।

स्थापित ग्यालरीमार्फत् पर्यटक तथा भावी पुस्ताले गोर्खा सैनिकको इतिहास प्रत्यक्ष अवलोकन गर्न, अध्ययन गर्न र उनीहरूको वीरता तथा योगदानबारे बुझ्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ । विशेषगरी नयाँ पुस्तालाई आफ्ना पुर्खाको इतिहास, पहिचान र गौरवप्रति परिचित गराउनु यस पहलको महत्वपूर्ण उद्देश्य हो ।

ग्यालरी उद्घाटन गर्दै भारतीय दुतावास काठमान्डौका डिफेन्स अटैची कर्णेल भि सुब्रमनियमले भारतीय इतिहास नभएको पोखरा आएरमात्रै थाहा पाएको बताए । उनले भारतमा सबै क्षेत्रमा भारतीय सैनिकको बारेमा थाहा भएको र अहिले गोरखपुरमा समेत संग्रहालय स्थापनाको काम भइरहेको जनाए ।

‘हाम्रा पुर्खाको इतिहास अहिलेको जेन्जीको पुस्तालाई पनि थाहा हुनुपर्छ । त्यसका लागि पहिलो कदम यही हो,’ उनले भने, ‘यसको महत्व ठूलो छ । यो भारतीय र विदेशी पर्यटकका लागि समेत इतिहास बुझ्ने थलो हो ।’

सुबेदार दिलबहादुृर गुरुङले आफ्नो योगदानसँगै पुर्खाको इतिहास हेर्न पाउँदा निकै खुसी लागेको बताए । उनी चौथो बटालियनका पाँचौ गोर्खा राइफल्समा आवद्ध थिए । ‘मेरा पुर्खाको इतिहासलाई यहाँ देख्दा खुसी छु । हिजोको साहसलाई आज पर्यटकले समेत हेर्न पाउने भएका छन् । यहाँ म पनि रहेको बटालियनको इतिहास देख्दा झन खुसी भएको छु’, उनले भने ।

तीन पुस्ता नै लाहुरमा भएकी सुकमाया गुरुङले आफ्ना पुस्ताको योगदान देख्दा खुसी लागेको सुनाइन् । ‘मेरो श्रीमान, बुबा र बाजेको पल्टन थियो, त्यो यहाँ हेरिरहेको छु । निकै राम्रो लागिरहेको छ । मेरो त तीन पुस्ता नै लाहुरे,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->