शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

३ आयुर्वेद औषधालय अलपत्र

३ आयुर्वेद औषधालय अलपत्र

स्वास्थ्यजस्तो संवेदनशील सेवा दिन बनाइका भवन निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको स्थानीयको आरोप रहेको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८३, शनिबार

स्याङ्जा/स्याङ्जाको आँधीखोला, अर्जुन चौपारी र वालिङका निर्माण थालिएका आयुर्वेद औषधालयहरु अलपत्र बनेका छन् ।

आँधीखोला–५, सेतिदोभान र अर्जुन चौपारी–५, आरुचौरमा निर्माण थालेको २ वर्ष तथा वालिङ–१, धनुबाँसेमा निर्माण थलेको डेढ वर्षमा सकिनुपर्नेमा समय गुज्रेको ४ वर्षमा आधामात्रै काम भएको हो ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएका तीन वटा आयुर्वेद भवन निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमै नसकिएका हुन् । स्वास्थ्यजस्तो संवेदनशील सेवा दिन बनाइका भवन निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको स्थानीयको आरोप रहेको छ ।

सेतिदोभान र आरुचौरका आयुर्वेद औषधालय भ्याली÷बाबुरतन जेभी ललितपुरले २०७७ फागुन ११ गते र सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनले धनुबाँसे आयुर्वेद औषधालय २०७७ फागुन १९गते संघीय सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन एकाइ पोखरासँग सम्झौता गरेको इन्जिनियर योगेन्द्र बास्ताकोटीले बताए ।

सेतिदोभानको आयुर्वेदको औषधालय सात करोड ८२ लाख ७१ ह्जार ५ सय ६६ रुपियाँ, आरुचौर आयुर्वेद औषधालय दुई करोड २९ लाख ७८ हजार ८ सय ७६ रुपियाँमा भ्याली÷बाबुरतनले सम्झौता गरेको थियो ।

सम्झौता गरेको छ वर्ष पुग्नै लाग्दासमेत सेतिदोभानमा६५ प्रतिशत र आरुचौरमा ५० प्रतिशतमात्र काम भएको छ । यी औषधालयका भवन ढडिएर, प्लास्टर सकिएको छ भने अन्य काम बाँकी छ ।

वालिङ–१, धनुबाँसेको एक करोड ७९ लाख १२ हजार ४ सय ७० रुपियाँमा सम्झौता गरी निर्माण थालेर निर्माण थालेर म्याद गुज्रेको चार वर्षमा आधामात्रै काम भएको इन्जिनियर लक्ष्मण लम्सालले बताए । निर्माण अघि बढाउन कार्यालयले पटकपटक पत्राचार गरे पनि अपेक्षित प्रगति हुन नसकेको इन्जिनियर लम्सालले सुनाए ।

कार्यालयले ठेक्का तोड्नेसूचनासमेत जारी गरेको उनको भनाइ छ । भाडाको घरबाट सामान्य स्वास्थ्य सेवा, औषधोपचार र परामर्श जस्ता सेवामात्रै दिइएको बताउँदै धनुबासे आयुर्वेद कार्यालय प्रमुख हरिप्रसाद अर्यालले भवन अभावकै कारण मेडिकल योगा, शिरोधारा तथा औषधी निर्माणसेवा सञ्चालन हुन नसकेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->