पर्वत/जिल्ला बाल क्लब सञ्जाल, पर्वतका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यको पदस्थापन तथा पहिलो बैठक भएको छ ।
जिल्ला बाल क्लब सञ्जाल, पर्वतका अध्यक्ष दिप्सन न्यौपानेको अध्यक्षतामा भएको बैठकमा बाल अधिकारको वर्तमान अवस्था, बालबालिकाले भोगिरहेका समस्या तथा चुनौती, बालमैत्री स्थानीय शासन, बालबालिकाको अर्थपूर्ण सहभागिता, आपसी समन्वय तथा सहकार्य र आगामी दिनमा सञ्चालन गर्न सकिने साझा कार्यक्रमबारे छलफल भएको छ ।
बैठकले जिल्ला प्रदेश बाल परिषद्को सदस्यमा कृषा तिवारी र ललिता मल्ललाई मनोनयन गर्ने निर्णय गरेको छ। कार्यक्रममा एकीकृत सेवा कार्यालय, पर्वतका कार्यालय प्रमुख जीवन पौडेलले बालबालिका केवल भविष्यका कर्णधार मात्र नभई वर्तमानका सचेत, सक्षम र सक्रिय साझेदार भएको उल्लेख गरे ।





