बागलुङ बागलुङ क्षेत्र नंं २ का सांसद सोम शर्माले बिकास निर्माणमा जनतालाई साथ दिने, भ्रष्टाचार बिरुद्द प्रहार गर्दै सुशासनको अभियानमा लाग्ने बताएका छन् ।
उनले अबका दिनमा जिल्लाका अलपत्र पुर्वाधारहरुले गति लिने बताएका छन् । उनले कुनै पनि रुग्ण आयोजनालाई अलपत्र पर्न नदिनेसमेत बताएका छन् । बागलुङका पत्रकारहरुसँगको अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम गरेर उनले पुर्वाधार बिकास सँगै सामाजिक बिकास, सूचनाको हक स्थापित गर्ने र सुशासनको क्षेत्रमा पनि उल्लेख्य सुधार गर्ने बताएका हुन् ।
हाल सरकारले संचार गृहमा गरेको धरपकडलाई पनि गलत भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले त्यस क्षेत्रमा पनि चासो राखेको बताए । उनले पार्टीका अध्यक्ष देखि धेरै नेता संचारक्षेत्रबाट आएकोले स्वतन्त्र प्रेसको पक्षमा अडिग भएर लाग्ने बताए ।
…हामीले स्वतन्त्र प्रेस नै देश विकासको आधार मान्छौंÚ उनले भने, …समाजको खवरदारी गर्ने, हामी भित्रका कमीकमजोरी औल्याउनेलाई सम्मान गर्नुपर्छÚ उनले भने, …प्रतिशोध साँधेर जान मिल्दैन ।Ú सरकारले गरेको भए पनि पार्टीले सही बाटोमा ल्याउन पहल गर्ने बताए ।
बागलुङका अलपत्र बिकास योजना बारे उनले जानकारी लिए । मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडक खण्ड, कुश्मीसेरा राङखानी सडक, गलकोट पाण्डवखानी सडक, गलकोट नगरपालिका र जैमिनी नगर पालिकाको प्रशासकीय भवन र बागलुङ नगर अस्पताल अलपत्र परेको बिषयमा पनि उनले चासो राखेका थिए । ठेकेदारहरुले काम अलपत्र पारेको बिषयमा उनले सरकार मार्फत काममा ल्याउने र समयमा सक्न दवाव दिने बताए ।
धौलागिरि अस्पताललाई मेडिकल कलेज बनाउने तथा नर्सिङ पढाई संचालनकालागि थालिएको अभियानमा साथ दिने, सरकारी सेवामा सुशासन कायम गराउन पहल गर्ने बताए । उनले अब जनताले आफ्नो सेवा पाउनकालागि अबैध काम गर्नुपर्ने, पैसा खुवाउने जस्ता बिषय सुन्न नपर्ने गरी काम गर्ने पनि बताए ।
निर्वाचनपछि पत्रकार अन्तरक्रियामा पहिलो पटक जोडिएका शर्माले नियमित रुपमा सुझाव दिन पनि आग्रह गरे । उनले संचारकर्मीलाई आउने सुचना मार्फत कमजोरी सुधार गर्ने, जनताका समस्या सम्बोधन गर्ने उनको भनाइ छ ।
…पत्रकारलाई पहिलो सूचना आउँछ, त्यो समयमा थाहा पाइयो भने समस्या समाधान गर्न पनि सहज हुनेछÚ उनले भने, …समाचारबाट पनि समस्या उजागर गरिदिनुहोस्, पहिला पनि सूचना दिनु भयो भने समाधानको काम गरिनेछ ।Ú रास्वपाको केन्द्रीय सदस्य समेत रहेका शर्माले पार्टी प्रतिको धारणा पनि स्पष्ट आउनुपर्ने बताए । साथै सुझाव भए दिन भन्दै सुझाव ग्रहण गर्न पार्टी तयार रहेको पनि बताए ।
निर्वाचन पछि अहिले सम्म सांसदले पत्रकारभेट गरेर सुझाव संकलन गरेका थिएनन् । उनले पहिलो पटक यो प्रयास गरेको बताए । केही दिन अघि धौलागिरि अस्पतालको स्तरउन्नतीको प्रयासको कार्यक्रममा क्षेत्र नंं १ का सांसद सुशिला खड्का सहभागि भएर सेवा बिस्तार गर्न राज्यको ध्यानाकर्षण गराउने बताएका थिए । यद्यपी उनले सार्वजनिक सरोकारको बिषयमा सुझाव माग्ने काम भने गरेका थिएनन् । शर्माले भने सुझाव र कमजोरीको बारेमा जानकारी समेत माग गरेका हुन् ।





