यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरिएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा सजिएको छ। घरघरमा बालिएका दियो, पाला र रंगीचंगी आधुनिक बिजुली बत्तीका कारण उपत्यकाको दृश्य निकै मनमोहक देखिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीको उच्च भागबाट दीपावलीको साँझ देखिएको सुन्दर दृश्य। तस्वीरःहरिराम भेटुवाल/रासस





