सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३
  • २३ कार्तिक २०८३ , सोमबार
  • November 9 2026

सयपत्री खेतीमा रमाउँदै किसान, धमाधम बिक्री हुँदै स्थानीय फुल

सयपत्री खेतीमा रमाउँदै किसान, धमाधम बिक्री हुँदै स्थानीय फुल


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८३, सोमबार

पोखरा / फुल समेत भारतबाट आउने प्रथाको अन्त्य गर्दै पोखरामा स्थानिय सयपत्री फुलले बजार पाएको छ । तिहारमा प्रयोग हुने सयपत्री फुलले बजार पाउन थालेपछी किसानहरुसमेत सयपत्री खेतीतर्फ आकर्षित भएका छन । अहिले किसानहरुले समेत तिहारको बेला तरकारी छाडेर फुल खेती गर्न लागेक  हुन ।

पोखरा २६ विजयपुरमा तरकारी खेती गर्दै आएका खड्कराज सन्जेल सयपत्री खेती गरेका छन । उनले स्थानीय उत्पादनलाई नै खपत गर्ने भएपछी सयपत्री खेती गरेका हुन अहिले फुल खेतीबाट राम्रो आम्दानी गर्ने उनको लक्ष्य रहेको छ ।

उनी जस्तै यसपटक फुलको खेती गर्ने किसानको संख्यामा वृद्धि भएको छ । छोटो समयमा उत्पादन हुने र बिक्री हुने भएपछी किसानहरु समेत फुलखेती तर्फ आकर्षित भएका छन ।
बजारमा फुलको माग निकै रहेको र आइतबार देखि व्यापार बढेको रमेश श्रेष्ठले बताए ।

अहिले पोखराको माग धान्नका लागि पोखराका छिमेकि पालिकासंगै छिमिकी जिल्लाबाट फुल आएका छन् । उनले एक किलोको पाँचसय रुपैयाका दरले बेचिरहेका छन् भने प्रती माला २ सयको दरले बेचिरहेका छन ।

पामेबाट फुल बिक्रि गर्न आएकी लक्ष्मी सुवेदीले पनि पहिलो पटक फुल खेती गरिन स्थानीय उत्पादन बजारमा बिक्री हुनेभएपछी उनी सयपत्री बेच्न आएकी हुन ।

यता पोखरा महानगर पालिकाले तिहार लक्षित गरी सयपत्री मेलाको आयोजना गर्नुका साथै फुलको मूल्य समेत तोकिदिएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार महानगरपालिकाले कात्तिक २२ गतेदेखि लागू हुने गरी सयपत्री फूलको मूल्य प्रतिकेजी ५०० रुपैयाँ र प्रतिमाला २०० रुपैयाँ निर्धारण गरेको छ ।

पर्वको समयमा उपभोक्ता ठगिन सक्ने र व्यवसायीलाई समेत तिहारको लागि फुल बिक्री गर्नका लागि महानरपालिकाले १८ स्थानमा बिक्री स्थान तोकिदिएको छ । उपभोक्ता र किसानलाई जोड्नका लागि महानगरले त्यस्तो नीति लिएको हो ।

९० दिन भित्र तयार हुने र सिजनेवल खेती भएकाले किसानले राम्रो आम्दानी यसबाट गरिरहेका छन । महानगरले तिहार सकिएको ७ दिन भित्र फुल बिक्री नभए आफै किन्ने कडरिया बताउछन् । यसले किसानलाई राहत मिल्ने छ भने किनेको फुल अन्य काममा प्रयोग गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->