गोरखा / चुमनुब्री गाउँपालिका-३ सिर्दिवासस्थित पाङसिङ नजिकैको जंगलमा आगोलागी भएको छ । आइतबार दिउँसोबाट आगोलागी भए पनि साँझ अबेरसम्म पनि नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।
पाङसिङबाट करिब ४ किलोमिटर उत्तरतर्फको जंगलको भिरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
आगोलागी भएको ठाउँमा सिर्दीवासबाट प्रहरी सहायक निरीक्षक गजबहादुर गुरुङको नेतृत्वमा प्रहरी टोली खटाइएको छ । आगलागीबाट मानवीय तथा पशुचौपाय क्षति नभएको उनले बताए ।
आगोलागी भिर क्षेत्रमा रहेकोले निभाउन नसकिने र बस्तीतर्फ आउन सक्ने सम्भावना तथा जोखिम पनि नभएको प्रहरीले जनाएको छ ।





